छ जना उपसचिवको सरुवा – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

छ जना उपसचिवको सरुवा

काठमाडौँ । केही पालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित छ जना उपसचिवको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज विभिन्न मन्त्रालय तथा स्थानीय तहमा कार्यरत उपसचिवहरूको सरुवा गरेको हो ।

वीरेन्द्रनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र डाँगीलाई दाङको तुलसीपुर उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव गेहेन्द्रनाथ शर्माको जिल्ला समन्वय समिति उदयपुर सरुवा गरिएको छ । सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका भूपेन्द्र राईलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेशमा सरुवा गरिएको छ ।

भूमि, व्यवस्था तथा गरिबी निवारण मन्त्रालयकै उपसचिव चिरञ्जीवी पौडेललाई पुतली बजार नगरपालिका स्याङ्जाको प्रमुख प्रशासकीय अधिकृत, चितवनको राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निलम कुमार न्यौपानेलाई

जिल्ला समन्वय समिति सिन्धुली र सिन्धुली जिल्ला समन्वय समितिमा कार्यरत लुम्बनाथ पोखरेललाई प्रदेश प्रमुखको कार्यालय, मधेस प्रदेशमा सरुवा गरिएको छ ।

सम्बन्धित समाचार

कुन महानगरपालिकाको बजेट कति ?
कुन महानगरपालिकाको बजेट कति ?
  • २०८० चैत्र ८, २०: ५१

काठमाडौं : देशका ६ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेका छन्। ६ महानगरको कुल बजेट आगामी...

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०८० चैत्र ८, २०: ५१

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
  • २०८० चैत्र ८, २०: ५१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...