जनता र स्थानीय सरकारबीच समन्वय र सहकार्यः पण्डित – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

जनता र स्थानीय सरकारबीच समन्वय र सहकार्यः पण्डित

काठमाडौं । प्रदेश तीन अन्तर्गतका स्थानीय सरकारको लागि नेपाल उद्योग वाणिज्य महासंघ र अमेरिकन राजदूतावासले सुशासन तालिम आज बिहिबारबाट सुरु गरेको छ । काठमाडौंमा सुरु गरिएको उक्त तालिम स्थानीय सरकार ५० जना पदाधिकारी सहभागी भएका छन् ।

अमेरिकाको मेरिल्याण्ड विश्व विद्यालयले गरेको डिजाइनको आधारमा दिनसम्म चल्ने तालिममा अमेरिकाको मेरील्याण्डका डेपुटी मेयर रोन सिटौला लगायतले तालिम दिने भएका छन् ।

तालिम उद्घाटन कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जनता र स्थानीय सरकारबीच समन्वय र सहकार्यबाट प्रभावकारी काम गर्नुको साथै विकासप्रतिको जनताको आकांक्षा पूरा गर्ने दायित्व स्थानीय सरकारको भएको बताउँदै मन्त्रीले जनतासँग जोडिँदा सुशासन कायम गर्न सहज हुने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले निजी क्षेत्र समन्वयात्मक ढंगबाट अगाडि बढ्न र सहकार्य गर्न प्रतिबद्ध रहेको बताइन् । स्थानीय विकासमा सरकारलाई साथ दिन निजी क्षेत्र तयार रहेको बताईन् । नीतिगत सुधार, पूर्वधार विकास, कर मैत्री वातावरण, सुशासन र आर्थिक विकासको प्रमुख आधार भएको बताइन् ।

नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले स्थानीय सरकारको प्रभावकारी संचालनमा सहयोग पु¥याउने उद्देश्यले सहकार्य गरेको बताए । सुरुवात प्रदेश तीनबाट गरिए पनि सातै प्रदेशमा सो कार्यक्रम आयोजन गर्ने भएको छ । स्थानीय सरकारका पदाधिकारीहरूको लागि दैनिक सरकार सञ्चालनमा समेत सहयोग पुग्ने भएको छ ।

सम्बन्धित समाचार

रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
  • २०७६ जेष्ठ २३, १०: ४०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...

क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
  • २०७६ जेष्ठ २३, १०: ४०

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...

रास्वपाको महाधिवेशन लम्बिएपछि प्रतिनिधिसभाको बैठक सर्‍यो
रास्वपाको महाधिवेशन लम्बिएपछि प्रतिनिधिसभाको बैठक सर्‍यो
  • २०७६ जेष्ठ २३, १०: ४०

काठमाडौं : प्रतिनिधिसभाको यही असार ११ गते बिहीबारका लागि पूर्वनिर्धारित बैठक यही असार १२ गते शुक्रबारका लागि सरेको छ । संघीय...