
सधैं समाज सेवामा लागिपर्ने स्थापित नेता हुन् कुशकुमार ढकाल । काठमाडौमा जन्मिएका उनी काठमाडौं महानगरपालिका वडा नं. २९ का वडा अध्यक्ष हुन् । राजनीतिलाई सेवाभाव ठाउन्ने ढकाल इमानदार नेता र स्पष्ट वक्ताको रुपमा चिनिन्छन् । उनी जनप्रतिनिधिले पार्टीभन्दा माथि उठेर विसुद्ध सेवाभावले जनताको काम गर्नुपर्ने ठान्दछन् । विकास निर्माण र नजिकिँदै गरेको स्थानीय चुनावसँग केन्द्रित रहेर अध्यक्ष ढकालसँग कालिका महतले गरेको कुराकानीको सम्पादित अंशः
——————————————————————————————————————–
तपाईं वडा अध्यक्ष भएको पाँच वर्ष हाराहारी भयो, के के काम गर्नुभयो ?
हाम्रो कार्यकाल लगभग टुंगिन लागेको छ । हिजो चुनावका बेला बाँडिएका सपनाहरुलाई डीपीआरको रुपमा अगाडि बनाएर सबै वडावासीहरुको निष्पक्ष ढंगले काम गर्दै आएको छु । काठमाडौं महानगरपालिकाको वडा नं. २९ का वडावासीहरुको आवश्यकता अनुसार काम गर्दै आइएको छु ।
यस वडामा मैले चुनावी घोषणापत्र, अनौपछारिक भेटघाटमा जे कुरा भन्दै आएको थिएँ, त्यसै अनुसार काम गरेको छु । सकेसम्म नागरिकको काम यो पार्टी, ऊ पार्टी नभनी कुनै राजनीतिक आग्रह पूर्वाग्रह नराखी गरेको छु । चुनावका बेला कुनै पार्टीबाट टिकट लिइएको हुन्छ । त्यहीं पार्टीको घोषणापत्र अनुसार लडिएको हुन्छ ।
तर, चुनाव जितिसकेपछि त्यहाँका सम्पूर्ण नागरिकको समान रुपले काम गर्नुपर्छ । म जब यस वडाको अध्यक्षमा निर्वाजित भएँ । त्यो दिनदेखि सबै वडावासीको अध्यक्ष भएर काम गर्दै आएको छु ।
तपाईंले त्यसो भनिरहँदा, जनताले त्यो कामको अनुभूति गरेका छन् त ?
मेरो लगभग यो पाँच वर्षे कार्यकालमा के÷कति काम गरेको छु भन्ने कुरा यहाँका जनमानसमा जगजाहेर छ । हिजो २० वर्षसम्म जनप्रतिनिधि बिहीन हुँदा कर्मचारीहरुको भरमा हुँदा भन्दा धेरै काम भएको छ । त्यसमा म सन्तुष्ट छु । तर, महानगरपालिकाको बजेट अनुसार हामीले जुन मुकानिजम बनाउनुपर्ने त्यो गर्न नसक्दा हामी कमजोर वडा अध्यक्ष जस्तो देखिएका छौं ।
त्यसको लागि वडा अध्यक्षले बजेट बनाउन पाउनुपर्छ भन्ने आन्दोलनमा हामी छौं । त्यसको परिपूर्तिको लागि अहिले पनि दत्तचित्त भएर अगाडि बढिरहेका छौं । हामी महानगरको महत्वपूर्ण वडा तापनि काम गर्न थुप्रै चुनौतिहरु थिए । शिक्षा, स्वास्थ्य, खानेपानी, ढलनिकास, सरसफाइ लगायतका समस्याहरु हामी सामु विद्यमान थिए । त्यति हुँदाहुँदै पनि किसान, महिला, बालिका, बृद्धबृद्धा र विद्यार्थीहरु निरास नहुने गरी काम गर्न हामीलाई धेरै कठिन थियो ।
त्यसलाई चिरेर सहजीकरण गर्दै यस वडावासीको घरदैलोमा पुगेर काम गर्न सफल भएको छु । त्यसैले मलाई यहाँका वडावासीहरुले कामको अनुभूति गरेका छन् जस्तो लाग्छ ।
देशकै महत्वपूर्ण महानगरको वडा अध्यक्षको हैसियतले के भइदिएदेखि अझ राम्रो काम गर्नेथिएँ जस्तो लाग्छ ?
त्यसमा दुईवटा कुरा छन् । पहिलो त यो महानगरपालिकामा जतिवटा वडा कार्यालयहरु छन् । त्यसलाई आधा घटाउनुपर्छ । दोस्रो सदस्यहरुको पद हटाइदिए पनि हुन्छ । त्यसलाई आवश्यकता अनुसार मनोनित गरेपनि हुन्छ । तेस्रो कुरा कर्मचारीहरुलाई अहिलेसम्मको पैसा, सुविधा दिएर घण्टा सिस्टममा काम लगाउनुपर्छ ।
अनि मात्रै जनताको काम सहज ढंगले हुन्छ । यी कुरामा सुधार नगर्दासम्म स्थानीय तहको आवश्यकता र महत्व अनुसार चुस्त, दुरुस्त काम हुँदैन । त्यसैले यी कुरामा सुधार आवश्यक छ ।
त्यसोभए कर्मचारीको ढिलासुस्तीका कारण जनप्रतिनिधिले चाहेअनुसारको काम नभएको हो ?
त्यसो भनेर कर्मचारीलाई दोष दिन खोजेको होइन । म कसैलाई पनि दोष दिन चाहन्न । अहिलेको जुन वातावरण छ । त्यो एकदमै परम्परागत जस्तो भयो । युग सुहाउँदो काम गर्न सकिएको छैन । जनताको काम छिटो, छरितो ढंगले भएको छैन । खाली पुरानो ढर्राले काम भइरहेको छ । त्यो पाराले जनचाहना अनुसार विकास गर्न सकिँदैन । यो कुरा तलदेखि माथिसम्मै खड्किएको छ ।
सबै जनप्रतिनिधिहरुलाई लागेको हुनुपर्छ । कसैले भन्न सकेका छैनन् । त्यसो भनेर मैले कर्मचारीले काम गरेनन् भन्न खोजेको होइन । पुरानो पाराले ढड्डा सिस्टमले काम ढिलासुस्ती भयो । त्यसलाई अब सबै अनलाइन सिस्टममा लानुपर्छ । कर्मचारीको संख्या मात्रै बढाएर हुँदैन ।
छोटो, मीठो ढंगले जनताको काम हुनुप¥यो । कर्मचारी संख्या घटाएर सिस्टममा राख्नुपर्छ । जनप्रतिनिधिहरुलाई तलभत्ता दिनुहुँदैन । जनप्रतिनिधिहरुले सेवाभावले काम गर्नुपर्छ । अबका जनप्रतिनिधिहरुको पद अनुसार योग्यता पनि तोकिनुपर्छ ।
त्यसोभए जनप्रतिनिधि पनि योग्य हुनुप¥या, कर्मचारीहरु नयाँ टेक्नोलजी अनुसार हुनुपर्यो हो ?
अबका जनप्रतिनिधिहरुको जिम्मेवारी अनुसार पढाइको योग्यता तोकिनुपर्छ । कर्मचारीहरु जमानाअनुसार टेक्नोलजीमा आधारित हुनुपर्छ । कर्मचारीलाई घण्टा सिस्टममा काम लगाउनुपर्छ । अहिले सत्ताको एकदमै दुरुपयोग भएको छ । त्यसमा हामी पनि जिम्मेवार छौं ।
कर्मचारीलाई मात्रै दोष दिएर पनि हुँदैन । स्थानीय तहको जिम्मेवारी धेरै छ । महत्वपूर्ण पनि छ । त्यसैले जनप्रतिनिधि पनि पढेलेखेको हुनुपर्छ । कर्मचारीहरु पनि अहिलेको नयाँ टेक्नोलजी अनुसार छिटो, छरितो काम गर्न सक्ने हुनुपर्छ । अब पुरानो ढर्राले काम चल्दैन । स्थानीय तहदेखि माथिसम्मै त्यो आवश्यक छ ।
एकदमै सत्ता र शक्तिको दुरुपयोग भएको छ । त्यसमा जनप्रतिनिधिको पनि दोष छ । कर्मचारीलाई मात्रै दोष थोपरेर हामी उम्कन खोजेको होइन ।
पाँच वर्षे कार्यकाल अन्त्यतिर आइपुग्दा के कस्ता चुनौतिहरु आइपरे ?
पार्टी सिस्टममा म नेपाली कांग्रेसबाट जितेको वडा अध्यक्ष भएँ । महानगरको मेयर एमालेबाट जितेको हुनुभएपछि काम गर्न एकदमै पक्षपात हुँदो रहेछ । उहाँ महानगरको मेयर भन्दा पनि पुरा एमालेको कार्यकर्ता भएर काम गर्नुभयो ।
हामी कांग्रेसबाट जितेको जनप्रतिनिधिलाई उहाँका कार्यकर्ता लगाएर काम गर्न पनि वाधा पु¥याउनुभयो । मेयर एउटा पार्टीको वडा अध्यक्ष अर्कै पार्टीको भएपछि जनचाहना अनुसार काम गर्न पाइँदो रहेन छ । अर्को बजेट परिचालन गर्न पनि वैज्ञानिक मेकानिजम भएन ।
हामीहरु कर उठाउने मेयरहरु मनपरी ढंगले आग्रह, पूर्वाग्रह राखेर काम गर्ने जस्तो देखियो । त्यसकारण दरिलो मेकानिजम आवश्यक देखिन्छ ।
त्यसोभए स्थानीय तहमा व्यापक सुधारको आवश्यकता छ हो ?
इथास्थितिमा कुनै पनि काम गर्न सकिँदैन । त्यसको लागि मेकानिजममा व्यापक सुधारको खाँचो । पुरानो ढर्रा अनुसार अगाडि बढ्ने हो भने टालटुले विकासले जनताको आँखामा छारो हाल्ने काम मात्रै हो । यसबाट कुनै नयाँ उन्नति, प्रगति र समृद्धि हुँदैन ।
यहाँको उपलब्ध साधन, स्रोत अनुसार काम गर्न सकियो जस्तो लाग्छ ?
मलाई यहाँको साधन, स्रोत, सुविधा अनुसार स्थानीय तहले काम गर्न सकेको जस्तो लाग्दैन । फेरि कामै नभएको भन्न मिल्दैन, काम केही काम त भएको छ । जस्तो वडाभित्र धुलोमुक्त, हिलोमुक्त बनाएका छौं । भित्री कच्ची बाटाहरु पिच गर्ने, ढल नभएका ठाउँहरुमा ढलको व्यवस्था गर्ने काम गरेका छौं । कच्ची बाटो नपुगेका ठाउँमा त्यसको व्यवस्था पनि गरेका छौं ।
पिच गर्ने, ढल निकासलाई व्यवस्थित गर्ने काम भएको छ । करिवकरिव वडामा हेर्दा विकासैविकास भएको देखिन्छ । पहिलाको भन्दा धेरै काम भएको छ, नभएको होइन । बत्ती र दूरसञ्चारको तार व्यवस्थित गर्ने काम मात्रै हामीले मिलाउन नसकेको हो । विद्युत् र दूरसञ्चारको काम वडाको पहुँचमा नहुने रहेछ । यसलाई व्यवस्थित र सुधार गर्न सकिन्छ अरु हामीले केही गर्न मिल्दैन ।
अहिले यस्ता कामहरु सबै माफियाको हातमा हुन्छ । यतिबेला जताततै माफियाको बिगबिगी छ । खाद्यान्न, औषधि, दूध, पानी, मासु सबैमा माफियाको बिगबिगी छ । त्यसैगरी होटल, रेष्टुराँ, खाद्यान्न पसल, हार्डवेयर पसल सबै माफियाको छ । यसलाई सिस्टममा नल्याउँदासम्म जनप्रतिनिधि र कर्मचारीले काम गर्न सक्ने वातावरण हुँदैन ।
माफियामुक्त र व्यवस्थित बनाउन के गर्नुपर्छ जस्तो लाग्छ ?
अहिले स्थानीय तहमा संख्या छन् । त्यसलाई घटाएर आधा बनाउनुपर्छ । सबै काम अनलाइन सिस्टममा लानुपर्छ । कर्मचारीलाई घण्टाको सिस्टमले काम लगाउनुपर्छ । सबै काम अनलाइनमार्फत कम्प्युटरबाट हुनुपर्छ । त्यो भयो भने धेरै सुधार हुन्छ । त्यसको लागि कागजमा लेखेर होइन अनलाइन सिस्टममा काम हुनुपर्छ ।
कागजी सिस्टमलाई नहटाएसम्म माफियामुक्त सेवा हुँदैन । सबै ठाउँमा माफियाको चलखेल कागजी सिस्टमबाट भएको छ । त्यसैलै हिजोको यथास्थितिबाट कहिल्यै असल शासनको सुरुआत हुँदैन ।
वडा कार्यालयहरु मेयरको ओझेलमा छन् हो ?
जनताको प्रत्येक्ष काम गर्ने ठाउँमा वडा कार्यालयहरु हुन्छन् । स्थानीय कर उठाउनेदेखि जतिपनि स्थानीयका काम हुन्छन्, त्यो वडा कार्यालयले हेर्नुपर्छ । तर, मेयरहरु चाहीं सम्पूर्ण अधिकार हातमा लिएर राजा हुन खोजेका छन् । यो समस्या कामठमाडौं महानगरमा मात्रै होइन देशैभर यस्तो देखिएको छ । अनि हाम्रो मेयर साबले पनि त्यहीं गर्न खोज्नुभएको छ ।
वडा तहको पनि आफ्नै अधिकार छ नि मेयरले हस्तक्षप गर्न पाउँछन् त ?
अहिले त्यस्तै देखिएको छ । नेपाल सरकारको सबैभन्दा महत्वपूर्ण भनेको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा सबैभन्दा बलियो भनेको कार्यपालिका हो । कार्यपालिका भनेको कर्मचारीहरु हुन् । जनप्रतिनिधिको एक्सनलाई मूर्त रुप दिने कर्मचारीले हो ।
त्यसो भनिरहँदा कर्मचारीलाई मात्रै दोष दिन खोजेको होइन । यथास्थितिमा काम हुँदैन । एकदमै परिवर्तनको आवश्यकता छ । त्यसको लागि पुरानालाई हटाएर हुन्छ कि सुधारेर हुन्छ कि नयाँ ल्याएर हुन्छ तर परिवर्तनको आवश्यक छ । यथास्थितिमा विकास असम्भव छ ।
बाहिरतिर बरु काम गर्न सजिलो हुन्छ । तर, काठमाडौंको सिस्टम धेरै बिग्रिएको छ । त्यसलाई सुधार गर्न धेरै गाह्रो छ । त्यसलाई सुधार गर्न दत्तचित्त भएर लागिपरेको छु ।
तपाईंले त्यसो भनिरहँदा जन्म दता, मृत्यु दर्ता, नाता प्रमाणित, सिफारिस र फोहोर व्यवस्थापनमा वडाले ध्यान दिएन भन्ने जनगुनासो पनि छ नि ?
फोहोरमा पुरै माफियाको हात छ । फोहोर व्यवस्थापन हाम्रो पहुँचभन्दा माथि भएको छ । तर, अहिले पहिलाभन्दा फोहोर उठाउने काम व्यवस्थित ढंगले भएको छ । फोहोरकै कुरा गर्ने हो भने त्यसमा स्थानीयको पनि कमजोरी देखिन्छ । शहरको सबैभन्दा चुनौतिपूर्ण काम भनेको ढलनिकास र फोहोर व्यवस्थापन हो ।
यसलाई सहजीकरण गर्न कागज र फाइल स्टिमलाई हटाएर अनलाइन सिस्टममा काम हुनुपर्छ । अर्को जन्म दता, मृत्यु दर्ता, नाता प्रमाणित, सिफारिस जस्ता काम छिटो, छरितो होस् भनेर हामी लागिपरेका छौं । पहिलाको भन्दा धेरै व्यवस्थित बनाइँदै छ । त्यसको लागि पनि पुरै अनलाइन सिस्टममा हुनुपर्छ । त्यसको लागि हामी प्रयास गरिरहेका छाै ।
गुणात्मक काम भएन, संख्यात्मक मात्रै भएर ढिलासुस्ती भएको हो । त्यसैले कागज सिस्टमलाई पुरै विस्थापित गर्नुपर्छ । त्यसो भएपछि थोरै कर्मचारीले धेरै काम हुन्छ । कम्प्युटर सिस्टममा भएपछि काम पनि तुरुन्तै हुन्छ ।
वडामा कामभन्दा बढी प्रतिनिधि भएर काम नभएको हो ?
हो, वडा अध्यक्षको त सधैं काम हुँदैन । सदस्यहरुको के काम सबै बेरोजगार भएर बसेका छन् । त्यसकारण वडामा अध्यक्ष भए पुग्छ । सदस्यहरुको कामै छैन । गाउँगाउँमा केही काम होला तर शहरी यरिया जस्तो काठमाडौं, विराटनगर, वीरगञ्ज, पोखरा, ललितपुर, भत्तपुरलगायतका ठाउँका वडा जनप्रतिनिधि धेरै भए सबै हटाउनुपर्छ ।
यी ठाउँको क्षेत्रफल सानो हुन्छ कि धेरै प्रतिनिधि चाहियो ? खर्चको भार मात्रै । अर्को जनप्रतिनिधिले तलब, भत्ता, सुविधा लिने पनि होइन । जनताको सेवा गर्छु भनेर चुनाव जितेर आउने अनि आफै भत्ता, सुविधा खाने ? त्यो काम कदापि हुनुहुँदैन । जनप्रतिनिधि विसुद्ध समाजसेवी हुनुपर्छ ।
तपाईं फेरि कामनपा–२९, को वडा अध्यक्ष उठ्नुहुन्छ ?
चुनावमा उठ्नलाई पार्टीले टिकट पनि दिनुप¥यो । आफ्नो चाहनाले मात्रै हुँदैन । अब पार्टीबाट तपाईंको आवश्यकता छ । तपाईंले गरेका काम राम्रो छ भनेर टिकट पाए मेरो कार्यकालमा रहेका अधुरा काम परिपूर्तिको लागि फेरि चुनाव उठ्छु ।
होइन तपाईंले साथीलाई सहयोग गर्नुपर्छ भन्ने आयो भने खुलेर सहयोग गर्छु । फेरि मलाई नै चाहिन्छ भनेर लडाइँ गर्नेवाला छैन । पार्टी र वडावासी साथीहरुले मेरो मूल्याङ्कन गरेर टिकट दिनुभयो भने पछि हट्ने छैन ।
नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...
Welche Boni erwarten Sie bei Sportwetten ohne Oasis und Diversität? Bei Sportwetten ohne Oasis und Diversität können Wettende auf diverse...
Как казино Пинко Зеркало адаптируется к новым игровым трендам В условиях стремительно развивающегося мира онлайн-гейминга, казино Пинко Зеркало демонстрирует невероятную...