जलन पीडितप्रति सरकारले अमानवीयःरास्वपा सांसद कंसाकार – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

जलन पीडितप्रति सरकारले अमानवीयःरास्वपा सांसद कंसाकार

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विन्दवासिनी कंसाकारले जलन पीडितलाई सरकारले बजेटमा नसमेटेर अमानवीयता प्रदर्शन गरेको बताएकी छन्।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद कंसाकारले प्रतिनिधिसभा बैठकमा शहरी विकास, रक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कानून, संघीय मामिला मन्त्रालयको विनियोजन विधेयक माथिको छलफलमा आफ्नो धारणा राख्ने क्रममा यस्तो बताएकी हुन्।

उनले भनिन्, ‘अहिलेसम्म सरकारले आँखा चिप्लेर अमानवीय पीडालाई सम्बोधन नगर्ने? काठमाडौँ केन्द्रित स्वास्थ्य उपचारबाट कहिले बाहिर निस्कने ? यस्तो संवेदनशील विषय बजेटमा नसमेट्नु लज्जास्पद मात्रै नभएर अमानवीयता हो।’

उनले सरकारले बजेटमा जलनमा परेका हजारौँ नागरिक अन्देखा गरेको कारण सम्पूर्ण जलन पीडितको तर्फबाट खेद प्रकट समेत गरिन् । ‘सरकारले जलनमा परेका हजारौँ नागरिक अन्देखा गरेको कारण सम्पूर्ण जलन पीडितको तर्फबाट खेद प्रकट गर्दछु। ‘ उनले भनिन् ।

उनले जलनबाट घाइते हुनेहरूको सख्या हेर्ने हो भने जलनबाट पीडित हुनेमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकको सख्या धेरै हुँदा पनि मन्त्रालयले प्राथमिकतामा नराखेको भन्दै असन्तुष्टि जनाइन्।

उनले जलन मानवको सृष्टिसँग सुरु भएको परम्परागत दुर्घटना भएको भन्दै केही अपराधमार्फत हुने भए पनि अधिकांश जलन दुर्घटनाबाट हुने गरेको बताइन् । उनले आफैले जलनको पीडा भोगेकाले त्यसको पीडा शब्दमा वर्णन गर्न नसक्ने बताइन्।

 

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०८१ जेष्ठ ३१, १६: ०७

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
  • २०८१ जेष्ठ ३१, १६: ०७

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...

क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
  • २०८१ जेष्ठ ३१, १६: ०७

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...