
काठमाडौं : झापामा एक १६ वर्षीया बालिका बलात्कृत भएकी छन् । शुक्रबार राति घुम्न जाने भन्दै बोलाएर छुट्टाछुट्टै स्थानमा उनीमाथि सामूहिक बलात्कार भएको हो ।
अर्जुनधारा ८ को नयाँ बजारमा करिब साढे ८ बजे हटिया लाग्ने स्थानको फलैँचा र त्यसपछि राति ११ बजे होटलमा लगेर बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ । घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका-५ का १९ वर्षीय अनिष लिम्बू, अर्जुनधारा-८ का ३४ वर्षीय सरोज राई र २५ वर्षीय केशव मगर रहेका छन् । त्यस्तै अर्जुनधारा ७ कै लंका राजवंशी, २० वर्षीय सुदीप श्रेष्ठ, सुजन डाँगी छन् । घटनामा संलग्न एकजना भने फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
झापा प्रहरीका अनुसार अनिष, सरोज र केशवले सुरुमा हटियामा करणी गरेका थिए । त्यसपछि अर्जुनधारा-७ स्थित लंका होटल एन्ड रिसोर्टमा बालिकालाई लगिएको थियो ।
होटलमा होटल मालिकसहित चार जना कामदारले करणी गरेको देखिएको प्रहरीले बताएको छ । राजवंशी होटल सञ्चालक हुन् । सुदीप, सुजन र सञ्जीव होटलका कामदार हुन् । होटलका अर्का कामदार फरार छन् ।
संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...
काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...