
काठमाडौं । शंखरापुर नगरपालिका–१ देउराली भञ्ज्याङमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
प्रदेश ३ ०१–००६ ख ३४७४ नम्बरको टिपरले मंगलबार राति ९ बजे ठक्कर दिंदा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १३ फटकसिला घर भएकी अन्दाजी ३९ वर्षीया लिलामाई दनुवारको मृत्यु भएको हो ।
पैदल हिंडिरहेको बेला टिपरले ठक्कर दिंदा दनुवारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । चालकलाई इलाका प्रहरी कार्यालय मेलम्चीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...
काठमाडौं : प्रतिनिधिसभाको यही असार ११ गते बिहीबारका लागि पूर्वनिर्धारित बैठक यही असार १२ गते शुक्रबारका लागि सरेको छ । संघीय...
काठमाडौं : नेपालमा बर्डफ्लु (एच५एन१) संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी,...