
काठमाडौं ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पार्टीको केन्द्रीय लेखा समिति संयोजक श्याम प्रसाद घिमिरे फेरि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।
कांग्रेसको १४औं महाधिवेशनमा खस आर्य तर्फको केन्द्रीय सदस्यमा उम्मेदवार दिने घोष्णा गरेका नेता घिमिरे १२औैँ महाधिवेशनपछि सभापति शुशिल कोइरालाबाट दुई कार्यकाल र १३ औं महाधिवेशनपछि सभापति शेरबहादुर देउवाद्वारा एक कार्यकाल केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए ।
पार्टीको केन्द्रीय क्रियाशिल सदस्यता छानबिन समितिका सदस्य समेत रहेका घिमिरे यस पटक भने केन्द्रीय सदस्यमा प्रतिष्पर्धा गरेर नै केन्द्रमा आउने भएका छन् । उनले पत्रकार सम्मेलनमार्फत गुटबन्दी अधिवेशनको बेला हुने तर अस्थायी हुनुपर्ने धारणा पनि राखेका छन् ।
केन्द्रीय सदस्यमा उम्मेदवार दिने घोषणा गरेका घिमिरेले सदस्यताबाट समर्थकहरुलाई बञ्चित गर्न नहुने, महाधिवेशनपछि गुटको राजनीति गर्न नहुने, अधिनायकबादी दलसँग सहकार्य गर्न नहुने, प्रगतिशिल कर प्रणाली लागू हुनु पर्ने, २०१२ सालको समाजबादी सिद्धान्त पुनरावलोकन हुनु पर्ने, विधिको शासन प्रत्याभूति गर्न आफूले उम्मेदवारी दिएको बताए ।
काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...
काठमाडौं : प्रतिनिधिसभाको यही असार ११ गते बिहीबारका लागि पूर्वनिर्धारित बैठक यही असार १२ गते शुक्रबारका लागि सरेको छ । संघीय...
काठमाडौं : नेपालमा बर्डफ्लु (एच५एन१) संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी,...