त्रिभुवन विमानस्थल केहीदिन पुरै बन्द गरिने – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

त्रिभुवन विमानस्थल केहीदिन पुरै बन्द गरिने

काठमाडौं । पूर्वाधार निर्माण तथा विस्तारका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केही दिन बन्द गरिने भएको छ ।

विमानस्थलको उत्तरपश्चिममा अन्तर्राष्ट्रियस्तरको जहाज पार्किङ गरिने एप्रोन, अहिलेको धावनमार्गको दुवै विन्दु जोड्न समानन्तर ट्याक्सी–वे निर्माण तथा विस्तार र जहाजका लागि ह्यांगर क्षेत्र विस्तार गर्न विमानस्थल बन्द गर्न लागिएको हो ।

नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार आउँदो वर्षायाम सकिएसँगै अन्तर्राष्ट्रिय उडान बन्द गरेर पूर्वाधार निर्माण तथा विस्तार गर्न लागिएको हो ।

सम्भवतःआगामी चैतदेखि ०८१ असार १६ भित्र विमानस्थल बन्द गरेर निर्माण कार्य थालिने बताइएको छ । यद्यपि, मिति भने तोकिएको छैन ।

कम्तिमा पाँच दिन विमानस्थल बन्द हुने अधिकारीहरुले बताएका छन् । निर्माण कार्यसँगै यो समय तलमाथि हुन सक्नेछ ।

विमानस्थल बन्द हुने समयमा भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाज उडान अवतरणको व्यवस्था मिलाइने छ ।

यसअघि पनि चिनियाँ कम्पनीले त्रिभुवन विमानस्थलको धावनमार्गको जिर्णोद्वार गर्दा राति १० देखि बिहान ८ बजेसम्म उडान बन्द गरेको थियो ।

यो पटक भने पूरै दिन बन्द गरेर निर्माण कार्य थाल्ने तयारी रहेको प्राधिकरण स्रोतले बताएको छ ।

यो योजना १५ अर्ब रुपैयाँ बराबरका तीनवटा ठेक्का सञ्चालन भइरहेका छन् ।

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०८० फाल्गुन ३, १३: ५४

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
  • २०८० फाल्गुन ३, १३: ५४

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...

क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
  • २०८० फाल्गुन ३, १३: ५४

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...