त्रिभुवन विश्वविद्यालको खोक्रो नितिका कारण विद्यार्थी बाहिरीदैः मन्त्री शर्मा – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

त्रिभुवन विश्वविद्यालको खोक्रो नितिका कारण विद्यार्थी बाहिरीदैः मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले त्रिभुवन विश्वविद्यालयको खोक्रो निति, समयमै परीक्षा र नतिजा प्रकाशन नगर्दा विद्यार्थी विदेश रोज्न थालेको बताएकी छन् ।

बुधबार त्रिभुवन विश्वविद्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताएकी हुन् । उनले त्रिभुवन विश्वविद्यालयले समयमै परीक्षा नलिने र समयमा नै नतिजा प्रकाशन नगर्ने गुनासोहरू बढेको भन्दै विद्यार्थी सोही विषयलाई लिएर निजी विश्वविद्यालय र विदेशी विश्वविद्यालयतिर विस्तारै आकर्षित भइरहेको बताइन् ।
उनले अध्ययन,अध्यापन र परीक्षा, नतिजा लगायतका विषयहरू सूचना र प्रविधिसँग जोड्दा समस्या समाधान हुने बताइन् । अनलाइन माध्यमबाट अघि बढ्न सके विश्वविद्यालय पनि माथि उठ्ने विश्वास व्यक्त गरिन् ।

मन्त्री शर्माले भनिन्, टीयूसँग केही गुनासाहरू छन् । नतिजा र परीक्षाहरूका समस्याको बारेमा समयमै नहुने समस्या छ । त्यसले गर्दा निजी विश्वविद्यालय र विदेशी विश्वविद्यालयतिर विस्तारै आकर्षित भइरहेका छन् । त्यहाँ जानुपर्ने बाध्यात्मक स्थिति पनि सिर्जना भइरहेको छ । टीयू राम्रो हो तर के गर्नु ? समयमा नतिजा आउँदैन, परीक्षा हुँदैन । कोर्ष पूरा हुँदैन भन्ने गुनासो छ । परीक्षा, नतिजा लगायतका सबै कुरालाई सूचना र प्रविधिमा लाग्यौँ भने यस्ता समस्याहरू अन्त्य भएर जान्छन् । हामीले हाम्रा परीक्षा प्रणाली, अध्ययनका कुरालाई सूचना र प्रविधिको प्रयोग गरेर अघि बढ्ने हो भने गुनासा समाधान हुनेछन् । विश्वविद्यालय माथि उठ्नेछ ।

सम्बन्धित समाचार

कुन महानगरपालिकाको बजेट कति ?
कुन महानगरपालिकाको बजेट कति ?
  • २०८० माघ ३, १३: १९

काठमाडौं : देशका ६ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेका छन्। ६ महानगरको कुल बजेट आगामी...

गैरकानुनी रूपमा बसेका २४ बंगलादेशी नागरिक पक्राउ
गैरकानुनी रूपमा बसेका २४ बंगलादेशी नागरिक पक्राउ
  • २०८० माघ ३, १३: १९

काठमाडौं : नेपाल प्रहरीले गैरकानुनी रुपमा नेपालमा बसेका २४ बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भुबाट खटिएको टोलीले...

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०८० माघ ३, १३: १९

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...