देशभरका सम्पूर्ण शिक्षण संस्था मंगलबारदेखि ४ दिनसम्म बन्द – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

देशभरका सम्पूर्ण शिक्षण संस्था मंगलबारदेखि ४ दिनसम्म बन्द


नयाँ बिकल्प,
काठमाडौ – देशभर फैलिएको दुषित हावाका कारण विद्यार्थीको स्वास्थ्यमा गम्भीर समस्या आउन सक्ने भन्दै सरकारले चार दिनसम्मको लागि देशभरका सबै शिक्षण संस्था बन्द गर्ने घोषणा गरेका छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले भोली मंगलबारदेखि शुक्रबारसम्म चार दिनका लागि सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरिएको जानकारी दिए ।

मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा सोमबार मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताका कारण शिक्षण संस्था बन्द गनु दबाब दिएका थिए ।

शिक्षा सचिव रामप्रसाद थपलिया, विज्ञान सचिव डा. सञ्जय शर्मा, मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्मा, सहसचिव डा.हरी लम्साल, शिक्षा, तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्याललगायतको उपस्थितिले यस्तो निर्णय गरेको हो ।

बैठक बस्नुअघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेका थिए । अब शिक्षण संस्थाहरु आइतबार मात्रै खुल्ने भएका छन् । विगत तीन दिनदेखि काठमाडौं उपत्यकासहित देशैभरका शहरमा वायु प्रदूषण अत्यधिक बढेको छ ।

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०७७ चैत्र १६, १५: १७

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
  • २०७७ चैत्र १६, १५: १७

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...

क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
  • २०७७ चैत्र १६, १५: १७

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...