
काठमाडौं। सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा अहिलेसम्म ९४ प्रतिशत बालबालिकाले खोप लगाएका छन् ।
फागुन १३ देखि चैत ७ सम्म सञ्चालन हुने खोप अभियानमा ५७ लाख ४२ हजार ९९३ बालबालिकामध्ये खोप लक्ष्य राखिएको थियो । बाल तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले लक्ष्य अनुसारका बालबालिकालाई खोप पाउने दाबी गरे ।
‘हामीले खोजी–खोजी बालबालिकालाई खोप दिइरहेका छौं । कोही बालबालिका पनि यो अभियानमा सकेसम्म छुट्न दिने छैनौं,’ डा.गौतमले भने, ‘ लक्ष्य राखिएको अनुसार नै खोप दिइसक्नेमा ढुक्क छौं ।’
सरकारले सन् २०२३ सम्म दादुरा-रुबेलालाई शून्यमा झार्ने राष्ट्रिय लक्ष्य राखेको थियो । उक्त लक्ष्य पूरा हुन नसकेपछि दोस्रोपटक सन् २०२६ सम्म शून्यमा झार्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गरिरहेको हो । यो खोप नेपालभरका ४८ हजार ७९८ केन्द्रबाट खोप दिँदै आएको छ ।
महाशाखाका अनुसार कोशी प्रदेशमा ५ लाख ९४ हजार ८५०, मधेश प्रदेशमा १५ लाख ६८ हजार ०९६, बागमती प्रदेशमा १० लाख ९७ हजार ९१६, गण्डकी प्रदेशमा २ लाख १६ हजार ५८९, लुम्बिनी प्रदेशमा ११ लाख ७५ हजार ५७७, कर्णाली प्रदेशमा २ लाख २९ हजार ६३९ र सुदुरपश्चिम प्रदेशमा ५ लाख ५९ हजार ८०२ जना बालबालिका खोप लगाइसकेका छन् ।
दादुरा र रुबेला रोग सामन्यतयाः ५ वर्षमुनिका बालबालिकामा धेरै हुने र छिट्टै फैलिएर महामारीको जोखिम हुने विज्ञहरु बताउँछन् । दादुरा संक्रमण भएमा गम्भीर प्रकारका जटिलताहरू हुनुका साथै मृत्यु समेत हुनसक्छ ।
संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...
काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...