द्वन्द्वपीडितलाई न्याय दिन सरकार प्रतिवद्ध छः प्रधानमन्त्री देउवा – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

द्वन्द्वपीडितलाई न्याय दिन सरकार प्रतिवद्ध छः प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले ७३औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा सरकार सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोगले आयोजना गरेको कार्यक्रममा द्वन्द्वपीडितलाई न्याय दिन सरकार तयार रहेको देउवाले बताएका हुन् ।

सरकार मानवअधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दायित्व पूरा गर्ने कार्यमा लागिपरेको बताउँदै देउवाले मानव बेचबिखनलगायतका गम्भीर प्रकृतिका अपराधका दोषीलाई कारबाही गर्ने काम गरिरहेको बताए ।

प्रधानमन्त्री देउवाले सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन जरुरी रहेको जिकिर गरे । पीडित परिवारलाई सरकार न्याय दिन तयार रहेको र त्यसका लागि गर्नुपर्ने सम्पूणर् काम गर्न तयार रहेको बताए ।

त्यस्तै मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानवअधिकारको सम्मान, संरक्षण, संवद्र्धन र परिपूर्ति राज्यको कुनै एक निकायको एकल प्रयासले मात्र सम्भव नभएकाले सरकार, संवैधानिक आयोग, नागरिक समाज र नागरिकहरुको सहकार्यबाट सम्भव हुने बताए ।

प्रत्येक वर्ष डिसेम्बर १० मा मनाइने मानवअधिकार दिवस आज ‘असमानता हटाऔँ, मानवअधिकारको सम्मान गरौँ’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ विश्वभरि मनाइँदैछ । सन् १९४८ डिसेम्बर १० मा विश्वव्यापी घोषणा-पत्र जारी भएको थियो ।

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०७८ मंसिर २४, १४: ११

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
  • २०७८ मंसिर २४, १४: ११

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...

क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
  • २०७८ मंसिर २४, १४: ११

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...