निर्वाचन सफल पार्न सरकार प्रतिबद्धताका साथ लागेको छ : सञ्चारमन्त्री खरेल – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

निर्वाचन सफल पार्न सरकार प्रतिबद्धताका साथ लागेको छ : सञ्चारमन्त्री खरेल

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमिन्त्री जगदीश खरेलले वर्तमान सरकार आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न प्रतिबद्धताका साथ लागि परेको बताएका छन् ।

ललितपुरको इमाडोलस्थित (इभी दह) बोजेपोखरीमा छठ पूजा व्यवस्थापन समाजले आज आयोजना गरेको छठ पूजामा कार्यक्रममा मन्त्री खरेलले निर्वाचन सफल बनाउन र मुलुकमा सुशासन कायम तथा भ्रष्टाचार नियन्त्रणका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।

सञ्चारमन्त्री खरेलले भने, “अहिलेको सरकार खासगरी निर्वाचन गर्ने सन्दर्भमा, सुशासन कायम गरेर भ्रष्टाचार नियन्त्रण गर्ने तथा जेनजी आन्दोलको क्रममा भएको धनजनको क्षतिको अनुसन्धान गरी कारबाहीको प्रक्रिया अगाडि बढाउन लागेको छ ।”

मन्त्री खरेलले छठ पर्व सम्पूर्ण नेपालीहरुको राष्ट्रिय गौरव र आत्मीयताको पर्व रहेको उल्लेख गरे । “छठ तराई–मधेसवासीको मात्रै पर्व रहेन । यो सम्पूर्ण नेपालीहरुको राष्ट्रिय गौरव, आत्मीयताको पर्व र पवित्रताको प्रतिक पनि रहेको छ । यस पर्वको उपलक्षमा म सम्पूर्ण नेपालीहरुमा हार्दिशक मंगलमय शुभकामना व्यक्त गर्दछु । छठिया माताले देशकमा शुख, शान्ति र समृद्धिको लागि हामीलाई आशिर्वाद प्रदान गर्नुहुनेछ भन्ने कामना पनि गर्दछु”, उनले भने ।

सञ्चारमन्त्री खरेलले महालक्ष्मी नगरपालिकालाई अझै सुन्दर, व्यवस्थित र समृद्ध बनाउन बनाउन सबै लाग्नुपर्नेमा जोड दिए । उनले अगाडि थपे, “आज बोजेपोखरी सुन्दर र शान्त भएकाले हामी तमाम नगरवासीहरु जम्मा भएर छठ पर्व मनाइरहेका छौं, यसलाई अझै हर्षोल्लासका साथ मनाउनका लागि सबैमा अनुरोध गर्न चाहन्छु ।”

मन्त्री खरेलले आज साँझ बोजेपोखरीमा आयोजित छठ पूजामा सहभागी भई छठी माताको दर्शन गर्नुका साथै पूजा आराधना गरे । साथै उनले छठ पूजा कार्यक्रमको अवलोकनसमेत गरे । सञ्चारमन्त्रीलाई छठ पूजा व्यवस्थापन समाजका पदाधिकारी र स्थानीयले स्वागत गरेका थिए । कार्यक्रममा महालक्ष्मी नगरपालिकाका उपप्रमुख लक्ष्मी महर्जनको पनि उपस्थिति थियो ।

छठ पूजा व्यवस्थापन समाजका अध्यक्ष उमेश्वर यादवले विगतका वर्षदेखिनै बोजेपोखरीमा छठ पूजा गरिँदै आएको बताए । उनले छठ पूजा प्रकृतिको पूजा खासगरी मानव मानवलाई जोड्ने माध्यम भएको उल्लेख गरे ।

अध्यक्ष यादवले सञ्चारमन्त्री खरेलले बोजेपोखरीमा आयोजित छठ पूजामा सहभागी भएर हौसला प्रदान गरेकोमा खुसी व्यक्त गरे । उनले बोजेपोखरीमा बर्सेनि धेरै संख्यामा भक्तजनहरु आउने भएकाले घाट साँघुरो हुँदा पूजा व्यवस्थापनमा समस्या भइरहेको भन्दै यसलाई आगामी दिनमा थप प्रभावकारी बनाइनुपर्नेमा जोड दिए ।

महालक्ष्मी नगरपालिका–३, बोजेपोखरी संरक्षण तथा विकास समिति र बोजेपोखरी खानेपानी तथा सरसफाइ समितिको सहकार्यमा समाजले छठ पूजा आयोजना गरेको हो ।

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०८२ कार्तिक १०, २१: ३५

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
  • २०८२ कार्तिक १०, २१: ३५

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...

क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
  • २०८२ कार्तिक १०, २१: ३५

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...