निर्वाचन स्थगित गर्न माग गर्दै सर्वोच्चमा रिट – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

निर्वाचन स्थगित गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं : आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचनको सबै प्रक्रिया स्थगित गर्न सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता कीर्तीनाथ शर्मा पौडेलले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाएर मंगलबार रिट दायर गरेका हुन् ।

उनले रिटमा निर्वाचन तालिका अनुसार सञ्चालन हुन लागेको सम्पूर्ण प्रक्रिया तत्काल रोक्न अदालतसँग माग गरेका छन् । विशेषगरी, माघ ६ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा हुने उम्मेदवारको मनोनयनपत्र दर्ता प्रक्रिया र त्यससँग सम्बन्धित सबै कार्य तत्काल स्थगित हुनुपर्ने अनुरोध राखिएको छ ।

अधिवक्ता शर्माका अनुसार, प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी पहिले दर्ता भएको रिटलाई असर गर्नेगरी हाल सार्वजनिक भएको निर्वाचन कार्यतालिकाले नयाँ रिट दायर गर्न प्रेरित गरेको हो ।

निर्वाचन आयोगले तोकेको कार्यतालिकाअनुसार, मनोनयनपत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने समय माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको छ । त्यही दिन दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म उजुरी र मनोनयनपत्रको जाँच गरी निर्णय गरिनेछ ।

मनोनयनको अन्तिम नामावली माघ ८ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म प्रकाशित गरिनेछ । उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्ने समय माघ ९ गते बिहान १० बजे देखि दिउँसो १ बजेसम्म तोकिएको छ भने अन्तिम नामावली सोही दिन दिउँसो १ बजे देखि ३ बजेसम्म प्रकाशित गरिनेछ । उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम दिउँसो ४ बजे देखि साँझ ७ बजेसम्म रहनेछ ।

अधिवक्ता शर्माले भने, “निर्वाचन कार्यक्रम सार्वजनिक भएपछि पहिलेको रिटलाई असर पुग्ने सम्भावना रहेकाले नयाँ रिट दायर गर्नु आवश्यक भयो । अदालतले यसलाई ध्यानमा राख्दै आवश्यक आदेश दिनुपर्छ ।”

सर्वोच्च अदालतले रिटको पेसी माघ ६ गतेलाई तोकेको छ ।

सम्बन्धित समाचार

कुन महानगरपालिकाको बजेट कति ?
कुन महानगरपालिकाको बजेट कति ?
  • २०८२ पुष २९, १६: ३०

काठमाडौं : देशका ६ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेका छन्। ६ महानगरको कुल बजेट आगामी...

गैरकानुनी रूपमा बसेका २४ बंगलादेशी नागरिक पक्राउ
गैरकानुनी रूपमा बसेका २४ बंगलादेशी नागरिक पक्राउ
  • २०८२ पुष २९, १६: ३०

काठमाडौं : नेपाल प्रहरीले गैरकानुनी रुपमा नेपालमा बसेका २४ बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भुबाट खटिएको टोलीले...

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०८२ पुष २९, १६: ३०

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...