
काठमाडौं : नेपालले अमेरिकाविरुद्धको टी–२० सिरिज ‘क्लिन स्वीप’ गरेको छ । सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले अमेरिकालाई ८ विकेटले हराउँदै सिरिजमा क्लिन स्वीप गरेको हो ।
अमेरिकाले दिएको १५७ रनको लक्ष्य पछाएको नेपालले १८.३ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
नेपालका लागि असिफ सेखले अर्धशतक प्रहार गरे । आसिफले टी–२० क्रिकेटमा छैटौं अर्धशतक बनाएका हुन् । त्यस्तै अनिल शाहले १३, कुशल भुर्तेलले अविजित ४० र कुशल मल्लले अविजित ४४ रन बनाएका थिए ।
त्यस्तै अमेरिकाका जुआनोय ड्राइसडाले र जसदीप सिंहले एक एक विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अमेरिकाले २० ओभरमा ५ विकेट गुमाउँदै १५६ रन बनाएको थियो ।
अमेरिकाका लागि साइतेजा मुकर्मल्लाले सर्बाधिक ६८ रन बनाएका थिए भने मिलिंद कुमारले ४३ रन बनाएका थिए । नेपालका सोमपाल कामीले ३ विकेट लिएका थिए भने रिजन ढकाल र ललित राजवंशीले एक-एक विकेट लिएका थिए ।
योसँगै नेपालले ३ खेलको सिरिज ३-० ले जितेको छ । नेपालको टी-२० क्रिकेट इतिहासमा कुनै पनि सिरिज क्लिन स्वीप गरेको यो पहिलो पटक हो ।
संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...
काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...