
काठमाडौं । नेपालमा पिकलबलको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुने भएको छ । पिकलबल संघ नेपालले यसै महिना ‘नेपाल ओपन इन्टरनेशनल टुर्नामेन्ट–२०२४’ आयोजना गर्न लागेको हो ।
प्रतियोगिता ललितपुरको सातदोबाटोस्थित टेनिस कोर्टमा फागुन २५ र २६ गते आयोजना हुनेछ । प्रतियोगितामा नेपालसहित आठ राष्ट्रका खेलाडीको सहभागिता रहने जानकारी बुधबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष सौरभ भण्डारीले दिए ।
प्रतियोगितामा नेपालका अतिरिक्त बेलायत, अमेरिका, भारत, सिंगापुर, थाइल्यान्ड, पोर्चुगल र स्पेनका खेलाडीको सहभागिता रहने छ । प्रतियोगितामा एक सय २० जना खेलाडीको सहभागिता रहने बताइएको छ ।
प्रतियोगितामा एमेच्योर, इन्टरमिडियट र एडभान्स गरी तीनवटा स्पर्धा समावेश गरिएको छ । यसका अतिरिक्त प्रतियोगितामा १९ वर्षभन्दा माथि, ३५ वर्षभन्दा माथि, ५० वर्षभन्दा माथि र ६० वर्षभन्दा माथिको उमेर समूहमा खेलाडीबिच भिडन्त हुनेछ ।
विश्व खेलकुदमा पुरानो खेल भएपनि नेपालका लागि भने पिकलबल नयाँ खेल हो । त्यसैले नेपालमा आयोजना हुन लागेको पिकलबलको यो नै पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।
पिकलबल खेलको सुरुआत भने अमेरिकाबाट भएको हो । पिकलबल खेल टेबलटेनिस, टेनिस र ब्याडमिन्टनको मिश्रित स्वरुप हो ।
काठमाडौं : देशका ६ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेका छन्। ६ महानगरको कुल बजेट आगामी...
काठमाडौं : नेपाल प्रहरीले गैरकानुनी रुपमा नेपालमा बसेका २४ बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भुबाट खटिएको टोलीले...
संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...