नेपाल लिकर्सले सामाजिक उत्तरदायित्व र उच्च राजश्व तिरेर निर्वाह गरेको योगदान – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

नेपाल लिकर्सले सामाजिक उत्तरदायित्व र उच्च राजश्व तिरेर निर्वाह गरेको योगदान

नयाँ विकल्प,
काठमाडौं – नेपाल लिकर्सको ब्राण्डबाट उत्पादित मदिराजन्य पेय पदार्थहरु नेपाली बजारमा उत्कृष्ट र लोकप्रीय बन्दै आएका छन् ।

नेपाल लिकर्सले बिराटनगरको टंकीसिनावारीबाट उत्पादित उत्कृष्ट ब्राण्डका सिग्नेचर ह्विस्की, एन्टिक्विटी ब्ल्यु, म्याक ड्वेल्स नं. १ ह्विस्की ब्राण्डहरु नेपालमा प्रचललित छ ।

नेपाल लिकर्सले सामाजिक उत्तरदायित्व प्रतिवद्धता बमोजिम खेलकुद, संगीत, तथा सामाजिक सेवाका लागि स्थानीय क्लबहरुसँगको सहकार्यमा सहयोग र राहत प्रदान गर्दै आएको छ । जसले गर्दा उत्कृष्ठ खेल र संगितका लागि टेवा पुगेको सम्वन्धित क्षेत्रका विज्ञले वताउने गरेका छन् ।

राज्यलाई उल्लेख्य राजश्व बुझाएर यो कम्पनिले समाजिक सेवादेखि राज्यप्रतिको दायित्वसमेत निर्वाह गरिरहेको छ । छुट्टै गुणस्तर र स्वादमा मदिराका सौखिन र पारखीलाई सन्तुष्टि प्रदान गर्दै आएको नेपाल लिकर्सका उत्पादनलाई थप बिस्तार गरिने भएको छ ।

गुणस्तरिय मदिरालाई नयाँ ब्राण्डहरुमा उत्पादन गर्ने तयारी गरिरहेको नेपाल लिकर्सले नेपालमा हजारौंलाई रोजगारी प्रदान गरेको छ भने मदिराका सौखिनहरुको मागलाई पूर्ति गरेर बैदेशीक व्यापार घाटा कम गर्न योगदान समेत पुर्याएको छ ।

लिकर्सले आफ्ना उत्पादित ब्राण्डलाई नेपाल भित्र र वाहिरसमेत बिस्तार गरेर देशले संकलन गर्ने राजश्वमा महत्वपूर्ण योगदान दिएको छ ।

नेपाल लिकर्सले गत आर्थिक बर्ष २०७६–०७७ मा अन्तःशुल्क बापत मात्र राज्यलाई एक अर्व ३५ करोड रुपैयाँ र मुल्य अभिबृद्धि कर (भ्याट) बापत १९ करोड १४ लाख रुपैयाँ कर तिरेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्म मात्र पनि १४ करोड ९२ लाख रुपैयाँ अन्तशुल्क वापत सरकारलाई राजश्व बुझाएको छ । लिकर्सले अघिल्लो आर्थिक वर्षकाे असाेज महिनाकाे तुलानामा याे वर्षकाे असाेज मसान्तमा दोब्बर अन्तः शुल्क राज्यलाई बुझाएको छ ।

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०७७ कार्तिक १४, १६: ०८

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
  • २०७७ कार्तिक १४, १६: ०८

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...

क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
  • २०७७ कार्तिक १४, १६: ०८

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...