
नयाँ विकल्प,
काठमाडौं – आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पुनः गिरावट आएको छ । ११.८२ अंकको गिरावट आएको परिसूचक १९ सय २१ अंकमा आएर बन्द भएको हो ।
यसक्रममा नेप्सेमा ३० लाख कित्ता सेयर किनबेच भएर १ अर्ब ५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, आज सेन्सेटिभ समूहमा ३.२२ अंकले घटेर ३७२ अंकमा आइपुगेको छ । यस्तै, फ्लोट सूचकमा ०.७५ अंकले घटेर १३२ अंकमा आइपुगेको छ ।
नेप्से परिसूचक घटेपनि आज जीवन बीमा समूह र बैंकिङ समूहमा भने सुधार आएको छ । जीवन बीमा समूह ९६ अंकले बढ्दा बैकिङ समूह ०.२९ अंकले बढेको छ । यसबाहेक, अन्य सबै समूहमा गिरावट आएको छ ।
आज सबैभन्दा धेरै निर्जीवन बीमा समूहमा १०९ अंकले घटेको छ । यस्तै, उत्पादनमूलक समूहमा ४८ अंक घटेको छ भने विकास बैंक समूहमा ४३ अंकको गिरावट आउँदा जलविद्युत समूहमा ३६ अंकको गिरावट आएको छ । यससँगै, व्यापार, होटल एण्ड टुरिजम, जलविद्युत, वित्त समूह लगायत सबै समूहमा घटेका छन् ।
काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से १४.४५...
काठमाडौं : प्रतिनिधिसभाको यही असार ११ गते बिहीबारका लागि पूर्वनिर्धारित बैठक यही असार १२ गते शुक्रबारका लागि सरेको छ । संघीय...
काठमाडौं : नेपालमा बर्डफ्लु (एच५एन१) संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी,...