परराष्ट्र सचिव लम्साल तेस्रो शिखर ग्रुप–७७ र चीन सम्मेलनमा सहभागी – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

परराष्ट्र सचिव लम्साल तेस्रो शिखर ग्रुप–७७ र चीन सम्मेलनमा सहभागी

काठमाडौं । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै परराष्ट्र सचिव सेवा लम्सालले समूह ७७ र चीनको तेस्रो दक्षिण शिखर सम्मेलनलाई सम्बोधन गरेकी छन् । युगान्डाको राजधानी कम्पालामा ‘लिभिङ नो वान बिहाइन्ड’ (कसैलाई पछाडि नछोड्ने) भन्ने नाराका साथ शिखर सम्मेलन भएको हो ।

सचिव लम्सालले नेपालको तर्फबाट सम्बोधन गर्दै दिगो विकास लक्ष्यहरू, पेरिस सम्झौता, दोहा कार्ययोजना लगायत अन्तर्राष्ट्रियस्तरमा सहमति भएका विकास लक्ष्यहरू कार्यान्वयन गर्न ग्रुप–७७ र चीनलाई नेपालको समर्थन रहेको दोहोर्‍याइन् । उनले ग्लोबल साउथका देशहरूबीच ऐक्यबद्धता, सद्भाव र सहयोग प्रवर्द्धन गर्न नेपालको दृढ प्रतिबद्धता व्यक्त गरिन् ।

उनले कोभिड–१९ को महामारी, असमानता, ऋण संकट, द्वन्द्व, जलवायु परिवर्तन र भूराजनीतिक प्रतिद्वन्द्वीजस्ता असंख्य विश्वव्यापी चुनौतीहरूको सामना गर्न गहिरो सहयोगको महत्त्वमा जोड दिएकी थिइन् ।

सम्बन्धित समाचार

गैरकानुनी रूपमा बसेका २४ बंगलादेशी नागरिक पक्राउ
गैरकानुनी रूपमा बसेका २४ बंगलादेशी नागरिक पक्राउ
  • २०८० माघ ८, १७: ५१

काठमाडौं : नेपाल प्रहरीले गैरकानुनी रुपमा नेपालमा बसेका २४ बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भुबाट खटिएको टोलीले...

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०८० माघ ८, १७: ५१

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
  • २०८० माघ ८, १७: ५१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...