
काठमाडौं। देशभर शनिबारदेखि परेको अविरल भारी वर्षाका कारण बाढी र पहिरोबाट देशका २७ वटा सडक अवरुद्ध भएका छन्। लगातारको वर्षाका कारण ठूला तथा साना सडक तथा राजमार्ग÷लोकमार्ग अवरुद्ध बनेका हुन्।
अवरुद्ध हुनेमा अधिकांश ठूला राजमार्ग खण्डका सडक छन्। बाढी र पहिरोका कारण अवरुद्ध हुनेमा कोशी राजमार्गअन्तर्गत संखुवासभाको समाटार, डुम्रे–बेंशीसहर–चामे सडकखण्डमा लमजुङको तिमाङ, कालीगण्डकी करिडोरअन्तर्गत तानसेन–रिडी–कोरला सडकखण्डअन्तर्गत गुल्मीको कनौटा, सोही करिडोरअन्तर्गत म्याग्दीको बैशंरी र अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको कोदारी भन्ने स्थानमा पहिरो जाँदा उक्त सडकखण्ड अवरुद्ध छन्।
त्यस्तै, सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको गैराथोक, कर्णाली राजमार्गअन्तर्गत कालिकोटको गगनेखोला, कालीकोटको हुल्म, कालिकोटको छेका, कान्तिपथ राजपथअन्तर्गत ललितपुरको कार्कीबास, मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको कुडुले, मध्यपहाडी राजमार्गअन्तर्गत बागलुङको काउछे मनेवा र भेटेडार–रबि–राँके सडकअन्तर्गत धनकुटाको ओख्रे भन्ने स्थानमा पहिरोले सडक अवरुद्ध बनाएको छ ।
त्यस्तैगरी, तानसेन–रिडी–कोरलाअन्र्तगत बागलुङको दब्लाङभीर, मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको सुमनाम बेँशी, तानसेन–रिडी–कोरलाअन्तर्गत मुस्ताङको मार्फाखोला, सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको चिउरी, मध्यपहाडी राजमार्गअन्तर्गत डोटीको रामपुर, मध्यपहाडी राजमार्गअन्तर्गत डडेल्धुराको अनारखोली, राप्ती राजमार्गअन्तर्गत सल्यानको डीबी र मध्यपहाडी राजमार्गअन्तर्गत डोटीको रामपुरलगायतका धेरै स्थानमा बाढी र पहिरोले सडक अवरुद्ध पु¥याएको छ ।
सडक विभागका अनुसार साना ठूला गरी अन्य २०३ वटा सडकहरु अवरुद्ध बनेका छन् । त्यस्तै, १ बेलिबृज र ४ वटा प्रबलित सिमेन्ट कङ्क्रिट (आरसीसी) पुलमा पनि बाढी र पहिरोका कारण क्षति पुगेको छ । बाढी र पहिरोका कारण सडक अवरुद्ध हुँदा १० करोडका क्षति र पुल भत्किँदा २६ करोडभन्दा बढीको क्षति पुगेको विभागले अनुमान गरेको छ ।

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...
काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...