काठमाडौं । संयुक्त सैन्य अभ्यासमा सहभागी हुन नेपाली सेनाको एउटा टोली भारत प्रस्थान गरेको छ ।
भारतको पिथौरागढमा भोलिदेखि हुने उक्त अभ्यासका लागि नेपाली सेनाका प्रमुख सेनानी सुवास केसीको नेतृत्वमा तीन सय ५४ सदस्यीय फौज त्यसतर्फ प्रस्थान गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
हरेक वर्ष नेपाल र भारतबिच सैन्य अभ्यास हुँदै आएको छ । गत पुसमा रुपन्देहीको सालझण्डीमा उक्त अभ्यास भएको थियो । यही मङ्सिर २१ गतेसम्म सञ्चालन हुने उक्त अभ्यासअन्तर्गत विपद् व्यवस्थापन, प्रतिव्रिदोह तथा प्रतिआतङ्कवादलगायत जङ्गल युद्धकलासम्बन्धी व्यावहारिक ज्ञान दिइने छ ।
संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...
काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...