पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध संघर्षका कार्यक्रम घोषणा – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध संघर्षका कार्यक्रम घोषणा

नयाँ विकल्प,

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ । पत्रकार सम्मेलनको आयोजना गरी मूल्यवृद्धि फिर्ताको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउनेदेखि प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्ने जानकारी दिइएको छ ।

क्रान्तिकारी माओवादीको बागमती प्रदेशका सेक्रेटरी प्रवेशले विज्ञप्तिमा चुनाव सकिएपछि सरकारले दुई पटक पेट्रोलियम पदार्थको चर्को मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको बताएका छन् ।

कार्यक्रममा बोल्दै पार्टीका स्थायी समिति सदस्य दिनेश शर्माले आफ्नो पार्टीले राष्ट्रियता, महंगी लगायतका विषयमा संघर्ष गर्दै आएको बताउँदै हालै बढाएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए संघर्ष चर्काउने बताएका छन् । उनले मूल्यवृद्धि र महिलामाथि भइरहेका यौन हिंसाको विरुद्ध आफ्नो पार्टी संघर्षमा उत्रिएको बताएका हुन् ।

पत्रकारको प्रश्नको जवाफ दिँदै शर्माले आफ्नो पार्टीले सरकारका गलत रवैयाको भण्डाफोर तथा विरोध गर्दै आइरहेको बताउँदै प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र दिने र यही जेठ १७ गते प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्ने जानकारी समेत दिए ।

सम्बन्धित समाचार

रास्वपाको महाधिवेशन लम्बिएपछि प्रतिनिधिसभाको बैठक सर्‍यो
रास्वपाको महाधिवेशन लम्बिएपछि प्रतिनिधिसभाको बैठक सर्‍यो
  • २०७९ जेष्ठ १०, १५: २२

काठमाडौं : प्रतिनिधिसभाको यही असार ११ गते बिहीबारका लागि पूर्वनिर्धारित बैठक यही असार १२ गते शुक्रबारका लागि सरेको छ । संघीय...

बर्डफ्लु संक्रमण ११ जिल्लामा फैलियो
बर्डफ्लु संक्रमण ११ जिल्लामा फैलियो
  • २०७९ जेष्ठ १०, १५: २२

काठमाडौं : नेपालमा बर्डफ्लु (एच५एन१) संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी,...

सार्वजनिक स्थलमा अश्लील हर्कत गर्ने ४ जना पक्राउ
सार्वजनिक स्थलमा अश्लील हर्कत गर्ने ४ जना पक्राउ
  • २०७९ जेष्ठ १०, १५: २२

काठमाडौं : विराटनगर महानगरपालिका– १ मा रहेको परोपकार घाटमा मध्यरातमा अश्लील कार्य गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।...