पोखराबाट सुर्खेत जाँदै गरेको बस दुर्घटना, १४ यात्रु घाइते – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

पोखराबाट सुर्खेत जाँदै गरेको बस दुर्घटना, १४ यात्रु घाइते


तुलसीपुर । पोखराबाट सुर्खेत जाँदै गरेको ग१ख ८४८५ नम्बरको यात्रुबाहक बस दाङमा दुर्घटना  भएकाे छ । दुर्घटनामा १४ यात्रु घाइते भएकाे  प्रहरीले जनाएकाे छ ।

पूर्व–पश्चिम राजमार्गको बबईसोता पुलको ‘साइड’मा बस दुर्घटनामा परेको हो । बस सडकदेखि १० मिटर तल खसेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले बताए । घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ ।

सवारी चालक रामेछाप सुनपति गाउँपालिका–३ निवासी ३३ वर्षीय रामकृष्ण खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसमा १६ जना यात्रु थिए । तीमध्ये दुई जनालाई सकुसल उद्धार गरिएको जनाइएकाे छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेकाे बताइएकाे छ ।

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०८० आश्विन १५, ११: १५

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
  • २०८० आश्विन १५, ११: १५

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...

क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
  • २०८० आश्विन १५, ११: १५

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...