काठमाडौं । नेपाल सुपर लिगमा पोखरा थन्डर्सले ईलामलाई हराएको छ । बुधबार भएको खेलमा पोखराले इलामलाई १–० गोल अन्तरले हराएको हो ।
उसका लागि दोस्रो हाफको सुरुमै सञ्जीव विष्टले गरेको गोल नै निर्णायक बन्यो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमा इलामले केही राम्रो अवसर सिर्जना गरेको थियो, तर गोल गर्न सकेन ।
छैटौं मिनेटमा नै इब्राहिमको क्रसमा ओमारले सिक्स यार्ड बक्सबाट हानेको हेडर क्रसबार माथिबाट बाहिरिएको थियो । १३औं मिनेटमा इब्राहिमले अर्को अवसर गुमाए ।
खेलको ३०औं मिनेटमा इलामका फोडे कमाराको प्रहार पोखराका गोलकिपर प्रिसोलाई लाग्दै सेण्टर बार नजिकबाट बाहिरिएको थियो ।
दोस्रो हाफमा भने पोखरा हाबी भयो । खेल सुरु भएको दोस्रो मिनेटमा नै मोसेसको प्रहार इलामका गोलकिपर विकेश कुथु विट भइसकेको अवस्थामा फस्र्ट बारमा लागेर फर्किएको थियो । अर्को मिनेटमा पोखराले गोल नै गर्यो।
संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...
काठमाडौँ।विश्वकप फुटबलअन्तर्गत भएको खेलमा Croatia ले Panama लाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। खेलको...
नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...