
प्यूठान : प्यूठानको ऐरावती गाउँपालिका–१, अमिलीस्थित श्री दाङवाङ माध्यमिक विद्यालयमा भारत सरकारको सहयोगमा निर्माण गरिएको विद्यालय तथा छात्रावास भवन सोमबार उद्घाटन गरिएको छ । भारतीय दूतावास, काठमाडौंका काउन्सलर गीतांजलि ब्रैंडन र ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहले संयुक्त रूपमा भवन उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति थियो ।

भारत सरकारको अनुदानमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत विद्यालय भवन, छात्रावास तथा आवश्यक पूर्वाधार निर्माण गरिएको दूतावासले जनाएको छ। परियोजना ऐरावती गाउँपालिकामार्फत कार्यान्वयन गरिएको हो ।
ग्रामीण भेगको अग्रणी सरकारी विद्यालयमध्ये गणिने श्री दाङवाङ माध्यमिक विद्यालयमा प्लेग्रुपदेखि कक्षा १० सम्म २३४ विद्यार्थी अध्ययन गर्दै आएका छन्, जसमध्ये करिब ६० प्रतिशत छात्रा छन् ।

उद्घाटन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि तथा सरोकारवालाहरूले भारत सरकारद्वारा प्रदान हुँदै आएको विकास सहयोगप्रति कृतज्ञता व्यक्त गरे। उनका अनुसार नयाँ पूर्वाधारले विद्यालयमा गुणस्तरीय शिक्षा र सिकाइ वातावरण सुधार हुने अपेक्षा गरिएको छ ।
भारतले नेपालसँगको छिमेकी सम्बन्धलाई प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्यसहितका क्षेत्रमा सहयोग गर्दै आएको छ। प्यूठानमा सम्पन्न परियोजनाले नेपाल सरकारले अघि बढाइरहेको विकास तथा समृद्धिको प्रयासलाई थप मजबुत बनाउने दूतावासले जनाएको छ ।

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...
काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...