
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश सरकार गठन र मन्त्रीहरुको नाम सिफारिस गर्दा पार्टीको इत्तर पक्षलाई वाहेक गरिएको भन्दै असन्तुष्टि जनाएका छन्।
सरकार गठन र मन्त्री पठाउँदा एकलौटी गरेको भन्दै पार्टी बरिष्ठ नेता डा.शेखर कोइरालाले अहिलेसम्म आफूहरुसँग कुनै प्रकारको सल्लाह र समन्वय नगरेको भन्दै असन्तुष्टि जनाएका हुन्।
प्रदेश सरकार गठन र आफ्नो समूहको सहभागीताबारे हिजो श्रावण ८ गते मंगलबार दिउसो बिशालनगरस्थित आफ्नो सम्पर्क कार्यालयमा बृहत अन्तरक्रिया समेत गरिएको थियो।
बैठकले प्रदेशको सरकार गठनमा आफ्नो समूहलाई सल्लाह र समन्वय नगरेको भन्दै देउवाको एकल निर्णय अस्वीकार गर्ने चेतावनी समेत दिएको थियो।
डा.कोइरालाले उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनसँग छलफल गरेका थिए।
छलफलमा कोशीमा–२ वाग्मतीमा–३ गण्डकीमा २, लुम्बिनीमा, २, कर्णालीमा, १ र सुदूरपश्चिममा, १ जना मन्त्री आफ्नो समूहलाई दिनुपर्ने निष्कर्ष निकालेको थियो।
बैठक सकिएलगत्तै डा. कोइरालाले सभापति देउवालाई फोन गरेर आफ्नो समूहको धारणा सुनाएको कोइरालाको निजी सचिवालयले जानकारी दिएको छ।
स्रोतका अनुसार कोइराला–देउवा संवादपछि अहिलेसम्म सभापतिबाट कुनै जवाफ नआएको र विभिन्न प्रदेशमा भईरहेको सरकार गठनबारे सञ्चार माध्यममा आएका समाचारबाहेक कोइराला पूर्ण रुपमा बेखबर छन्।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सभापति देउवालाई भेटेर लिखित रूपमा विभिन्न विषयमा ध्यानाकर्षण गराउने तयारी गरेका हुन्।
महामन्त्रीद्वयले मन्त्रिपरिषद् विस्तार गर्दा समावेशितालाई ख्याल नगरेको‚ विवादित र स्वार्थ बाझिने सांसदहरूलाई मन्त्री बनाएको विषयमा ध्यानाकर्षण गराउने तयारी गरेका हुन्।
कोइराला समूहलाई वाइपास गर्दै देउवाले वुधबार बागमती र लुम्बिनीमा नयाँ समीकरण अनुसार गठन भएको सरकारमा एकलौटी रुपमा मन्त्रीहरुको नाम सिफारिस गरेका छन्।
बागमती प्रदेशमा कांग्रेस नेता बहादुर सिंह लामाको नेतृत्वमा नयाँ मन्त्रिमण्डल बनेको छ भने लुम्बिनीमा एमालेका चेतनारायण आचार्यको नेतृत्वमा सरकार गठन भएको छ।
लुम्विनी प्रदेश कांग्रेसको सभापतिमा कोइराला पक्षधर अमरसिंह पुन छने गण्डकी प्रदेशमा पनि कोइराला पक्षधर शुक्रराज शर्मा छन्। तर प्रदेश सरकार गठन गर्दा केन्द्रबाटै निर्णय हुने गरेको छ।
संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...
काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...