
जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफू नेतृत्वको जनता समाजबादी पार्टी विभाजित भएर लोकतान्त्रिक समाजबादी पार्टी गठन भएपछि विश्वासको मत लिनको लागि प्रदेश सभा अधिवेशन आव्हानको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका छन्।
मुख्यमन्त्री राउतले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक बोलाउन आव्हान गर्न बुधबार मन्त्रिपरिषद्को बैठकबाट निर्णय गराएका छन्। मुख्यमन्त्री राउतले मन्त्रिपरिषद्को सो निर्णय सिफारिससहित आगामी असोज २० गते प्रदेशसभा बैठक आव्हानका लागि प्रदेख प्रमुखसमक्ष पेश गरेका छन्।
अहिले प्रदेश २ मा जनता समाजबादी पार्टी नेपाल (जसपा, नेपाल), नेपाली कांग्रेस नेकपा माओवादी केन्द्रको संयुक्त सरकार छ। एक मात्र सांसद रहेको नेपाल संघीय समाजवादी पार्टीको समेत राउत नेतृत्वको सरकारलाई समर्थन रहेको छ।
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पनि राउतलाई विश्वासको मत दिएर सरकारमा जाने तयारी गरिरहेको छ। प्रदेश २ मा १०४ सांसद छन्। अहिले सभामुखसहित जसपाका ३९, नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ८, एकीकृत समाजवादीका १३ र नेपाल संघीय समाजवादी पार्टीका १ गरी कुल ८० सांसदको सरकारलाई समर्थन प्राप्त छ।
प्रदेशसभामा राउतलाई ८० जनाको समर्थन रहने देखिएको छ। नवगठित लोसपा र नेकपा एमाले मात्र सरकारको विपक्षमा छन्।
संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...
काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...