प्रधानमन्त्री दाहाल डेढ वर्षमा चौथोपटक विश्वासको मत लिँदै – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

प्रधानमन्त्री दाहाल डेढ वर्षमा चौथोपटक विश्वासको मत लिँदै

 

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते चौथोपटक विश्वासको मत लिने भएका छन्।

सरकारको नेतृत्व गरेको १७ महिनामा दाहालले चौथोपटक विश्वासको मत लिन लागेका हुन्। २०७९ पुस ११ गते प्रधानमन्त्री भएका दाहालले सोही महिनाको २६ गते पहिलोपटक विश्वासको मत लिएका थिए।

सरकारलाई समर्थन गरेको दल नेकपा एमाले, रास्वपा र राप्रपाले समर्थन फिर्ता लिएपछि २०७९ चैत ६ गते प्रधानमन्त्री दाहालले दोस्रोपटक विश्वासको मत लिएका थिए।

गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेससँग सम्बन्ध तोडेर नेकपा एमालेसँग गठबन्धन गरेपछि नयाँ सरकार बनाएपछि दाहालले तेश्रो पटक २०८० फागुन ३० गते विश्वासको मत लिएका थिए।

जनता समाजवादी पार्टी नेपालले यही वैशाख ३१ गते सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएपछि दाहालले फेरि अर्कोपटक विश्वासको मत लिन लागेको हो।

सत्ता साझेदार दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । प्रधानमन्त्री दाहालले सभामुख देवराज घिमिरेलाई विश्वासको मत लिने कुरा जानकारी गराइसकेका छन्।

 

सम्बन्धित समाचार

कुन महानगरपालिकाको बजेट कति ?
कुन महानगरपालिकाको बजेट कति ?
  • २०८१ जेष्ठ ४, १३: ०८

काठमाडौं : देशका ६ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेका छन्। ६ महानगरको कुल बजेट आगामी...

गैरकानुनी रूपमा बसेका २४ बंगलादेशी नागरिक पक्राउ
गैरकानुनी रूपमा बसेका २४ बंगलादेशी नागरिक पक्राउ
  • २०८१ जेष्ठ ४, १३: ०८

काठमाडौं : नेपाल प्रहरीले गैरकानुनी रुपमा नेपालमा बसेका २४ बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भुबाट खटिएको टोलीले...

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०८१ जेष्ठ ४, १३: ०८

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...