प्रधानसेनापति राजेन्द्र क्षत्रीले पौष १४ गते मोरङको याङशिलास्थित श्री कालीबक्स गण (ई) मा राष्ट्रिय सेवा दलद्वारा सञ्चालन भईरहेको सि.सं.४४ जुनियर डिभिजन, बार्षिक सामुहिक तालिम क्याम्प (दोस्रो चरण) का प्रशिक्षार्थीहरुको दीक्षान्त कवाजको निरीक्षण गरेका छन् ।
सो अवसरमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले राष्ट्रिय सेवादलले संचालन गरेको ल्ऋऋ तालिममा छनौट भई १०० दिन अवधिको तालिम सफलता पूर्वक सम्पन्न गरी दिक्षित हुुनुभएका क्याडेट छात्र÷छात्राहरुलाई बधाई दिदै तालिमको दौरान हासिल गरेका सामान्य सैनिक कला, विपद् व्यवस्थापन, नेतृत्व तथा व्यक्तित्व विकास, राष्ट्रियता, सामाजिक दायित्व तथा अनुशासन सम्बन्धी ज्ञानले अनुशासित, मर्यादित मुलुक प्रति समर्पित र राज्यका संस्थाहरु प्रति सम्मान गर्ने संस्कारयुक्त नागरिक बनाउनुको साथै विपत्तिहरुको समयमा स्वंयमसेवकको रुपमा नेतृत्वदायी भुमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गरे ।
निरीक्षण भ्रमणकै सिलसिलामा प्रधानसेनापति क्षत्रीले ईलामस्थित श्री पशुपतिप्रसाद गण र झापास्थित श्री कालीबहादुर गणको निरीक्षण भ्रमण गरी भई उक्त गणहरुको स्थलगत बस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गरेका थिए ।
संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...
नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...
काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...