
काठमाडौं। गृहमन्त्री रमेश लेखकले संघीय प्रहरी सम्बन्धी विधेयक गृह मन्त्रालयले स्वीकृत गरी अर्थ मन्त्रालयमा पुगिसकेको भन्दै चाँडे संसदमा पेश हुने बताएका छन्।
प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक संसदमा २०७५ सालमै दर्ता भएको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्।
उनले स्थिर सरकार नभएका कारण मुलुकमा सकरात्मक काम हुन नसकेकाले प्रमुख दुई दल मिलेर सरकार बनाएको बताए।
२०७९ सालको चुनावपछिको अवधिमा स्थिर सरकार निर्माण हुन नसक्दा हरेक दुई-तीन महिनामा प्रधानमन्त्री र मुख्यमन्त्रीहरुले विश्वासको मत लिन जानुपर्ने स्थिति भएको उनको भनाई थियो।
संसदीय प्रणालीमा सामान्यतः कम हुने गरेको अभ्यासमा प्रवेश गर्दा लामो समयदेखि पूरा हुन नसकेको काम पनि पूरा भएको उनले बताए।
संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...
काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...