
काठमाडौं।दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योललाई फेरि पक्राउ गरिएको छ।उनलाई गएको वर्ष गरिएको असफल सैनिक शासन प्रयासका कारण पक्राउ गरिएको हो ।
युनलाई अप्रिलमा महाभियोग लगाएर पदबाट हटाइएको थियो। उनले डिसेम्बरमा ६ घण्टाका लागि सैनिक शासन लागू गरेका थिए।
सिओलको केन्द्रीय जिल्ला अदालतका एक वरिष्ठ न्यायाधीशले बुधबार उनलाई पक्राउ गर्न आदेश दिएका हुन्। अदालतले युनले प्रमाण नष्ट गर्न सक्ने डर रहेको बताएको छ। युनमाथि ‘विद्रोहको नेतृत्व’ गरेको आरोपमा मुद्दा चल्नेछ।
बुधबार भएको सात घण्टा लामो सुनुवाइमा विशेष अभियोजन टोलीले युनलाई पक्राउ गर्न पाँचवटा मुख्य आरोपहरू प्रस्तुत गरेको थियो।
संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...
काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...