बालमन्दिर जग्गा हिनामिना प्रकरणः रीता सिंह वैद्यसहित २० जनालाई पक्राउ पूर्जी – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

बालमन्दिर जग्गा हिनामिना प्रकरणः रीता सिंह वैद्यसहित २० जनालाई पक्राउ पूर्जी

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले नक्सालस्थित बालमन्दिर जग्गा हिनामिना गरेको अभियोगमा बालबन्दिरकी तत्कालिन अध्यक्ष रीता सिंह बैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

सीआईबीले बिहीबार बाल संगठनकी तत्कालीन अध्यक्ष रवैद्यसहित २० जनाविरुद्ध वाल संगठनले उजुरी दिएपछि पक्राउ गरिएको बुझिाएको छ।

आन्तरिक र पुराना प्रतिवेदनमा बालमन्दिरको जग्गा हिनामिना भएको देखिएपछि अनुसन्धानका लागि भन्दै नेपाल बाल संगठनले सीआईबीमा जाहेरी दिएपछि आरोपितविरुद्ध ठगीको कसुरमा विहीबार पक्राउ पूर्जी जारी गर्दै अनुसन्धान सुरु गरेको जनाईको छ।

२०२१ सालमा नक्सालस्थित ‘सीता भवन’ अधिग्रहण गरेर सरकारले नेपाल बाल संगठनका नाममा ११९ रोपनी १२ आना ३ पैसा जग्गा राखेको थियो।

पछिल्लो पटक २०७२ सालमा सव लिज सम्झौता गरी वैद्यले सँगै रहेको बृहस्पति स्कुलसँग पहिले भएको लिज अवधि १६ वर्ष बाँकी छँदै थप ४३ वर्षका लागि बाल मन्दिरको जग्गा सुम्पिएको आरोप छ।

सीआईबीले अदालतबाट नेपाल बाल संगठनकी सिंहसहित उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ, महासचिव गणेशभक्त श्रेष्ठ, उपमहासचिव सुमन शाक्य, सदस्य एवंम श्रोत तथा परिचालन उपसमिति संयोजक कृष्णशंकर साह, महासचिव श्यामकुमार आलेविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

महासचिव सुवासकुमार पोखरेल, कोषाध्यक्ष श्री मनोहरगोपाल श्रेष्ठ, महासचिव प्रचण्डराज प्रधान, महासचिव रामकाजी कोने, उपाध्यक्ष योगेन्द्रबहादुर शाही,उपकोषाध्यक्ष दिपकदास श्रेष्ठ, वृहस्पति विद्यालय व्यवस्थापन प्रालिका तत्कालिन अध्यक्ष चिरञ्जिवि तिवारी, वृहस्पति विद्यासदनका संचालक प्रविणराज जोशी,वृहस्पति विद्यासदनका तत्कालिन संचालक मुरारी निधि तिवारी र अध्यक्ष पुरुषोत्तमराज जोशीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

त्यसैगरी, वृहस्पति विद्यासदनका चार संचालकहरु श्रद्धा संघाई, अभिनव सिंघानिया, सिद्धार्थ केडिया , किर्ति प्रसाद पाण्डेविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ।

पक्राउ गरिएका आरोपितविरुद्ध ठगीको कसुरमा अनुसन्धान सुरु भएको जनाइएको छ।

 

सम्बन्धित समाचार

कुन महानगरपालिकाको बजेट कति ?
कुन महानगरपालिकाको बजेट कति ?
  • २०८१ बैशाख २७, १४: ३८

काठमाडौं : देशका ६ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेका छन्। ६ महानगरको कुल बजेट आगामी...

गैरकानुनी रूपमा बसेका २४ बंगलादेशी नागरिक पक्राउ
गैरकानुनी रूपमा बसेका २४ बंगलादेशी नागरिक पक्राउ
  • २०८१ बैशाख २७, १४: ३८

काठमाडौं : नेपाल प्रहरीले गैरकानुनी रुपमा नेपालमा बसेका २४ बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भुबाट खटिएको टोलीले...

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०८१ बैशाख २७, १४: ३८

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...