बालेन भन्छन्- ‘सरी केपी ओली, आई डन्ट सपोर्ट योर करप्ट सिष्टम’ – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

बालेन भन्छन्- ‘सरी केपी ओली, आई डन्ट सपोर्ट योर करप्ट सिष्टम’

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन(बालेन्द्र) शाहले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि भ्रष्टाचारीको नाइके भएको आरोप लगाएका छन् । प्रधानमन्त्री लगायतले भ्रष्टाचारी जोगाउन लागिपरेकाले आफु गणतन्त्र दिवस मनाउन मूल समारोह समितिको बैठकमा नगएको उनको प्रष्टीकरण छ ।

सोमबार उनले फेसबुकमा लेखेका छन्– जुन देशमा राजधानीको मेयरले भ्रष्टाचार रोक्छु भन्दा , देशको सवै पार्टीको सबै लागेर भ्रस्टचारी जोगाउछु भन्छ ? त्यस्को नाइकेको कार्यक्रममा म गैदिनु पर्ने ? सरी केपी ओली, आई डन्ट सपोर्ट योर करप्ट सिष्टम ।’

कार्यक्रममा उपस्थित नभएको भन्दै प्रधानमन्त्री केपी ओलीले अर्कोपटकदेखि काठमाडौं महानगरपालिकाका मेयर शाहलाई बैठकमा नबोलाउन र मुल समारोह समितिमा नाम नराख्न निर्देशन दिएका थिए। सोही विषयलाई लिएर बालेनको यस्तो प्रतिक्रिया आएको हो ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले मेयर शाह यस्ता किसिमका कार्यक्रममा पटक पटक उपस्थित नभएको भन्दै अब कार्यक्रम हुँदा नाम नराख्न र नबोलाउन गृह मन्त्रालयलगायत निकायलाई निर्देशन दिएका हुन्।

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०८२ जेष्ठ ५, २२: ३२

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
  • २०८२ जेष्ठ ५, २२: ३२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...

क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
  • २०८२ जेष्ठ ५, २२: ३२

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...