बिहीबारकाे संसद बैठकमा एमसीसी सम्झाैताका विषयमा छलफल हुने कार्यसूची – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

बिहीबारकाे संसद बैठकमा एमसीसी सम्झाैताका विषयमा छलफल हुने कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बिहीबार दिनको १ बजे बस्दैछ । संसद सचिवालयले भोलिको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गर्दै अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव राखेको छ ।

नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीबीचको अनुदान सहायता सम्झौतामाथि सरकारका अर्थमन्त्री जनार्दन शर्माले छलफल गरियोस् प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।
आइतबार सरकारले एमसीसी सम्झौता संसदमा पेश गरेको हो । संसद अर्थमन्त्री शर्माले पेश गर्ने कार्यसूची रहे पनि आइतबारको बैठकमा अनुपस्थित भएका कारण एमसीसी सम्झौताको हस्ताक्षर कर्ता सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेश गरेका थिए ।

त्यस्तै विहीबारकै बैठकमा महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७ र २०७८, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडूले पेश गर्ने कार्यसूची रहेको छ ।


यस्तो छ संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची..

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०७८ फाल्गुन ११, १६: ३४

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
  • २०७८ फाल्गुन ११, १६: ३४

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...

क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
  • २०७८ फाल्गुन ११, १६: ३४

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...