भारतद्धारा एक विशेष भर्चुअल शिखर सम्मेलनको आयोजना – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

भारतद्धारा एक विशेष भर्चुअल शिखर सम्मेलनको आयोजना


काठमाडौं । नवीन एवम् विशिष्ट पहलका साथ भारतले यही पौष २८ गतेदेखि २९ गतेसम्म एक विशेष भर्चुअल शिखर सम्मेलनको आयोजना गर्ने भएको छ । “युनिटी अफभ्वाइस, युनिटी अफपर्पोज”विषयवस्तु अन्तर्गतको यस “भ्वाइस अफग्लोबल साउथ समिट”लेग्लोबल साउथका राष्ट्रहरुलाई साझा मञ्च प्रदान गरी उनीहरुका विचार तथा प्राथमिकता एक अर्कासँग आदान प्रदान गर्न उनीहरुलाई एकै ठाउँमा ल्याउने परिकल्पना गरेको जनाइएको छ । यस शिखर सम्मेलनमा सहभागी हुन १२० भन्दा बढी राष्ट्रलाई आमन्त्रित गरिएको छ ।

यो पहल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अघि सारेको परिकल्पना“सबका साथ, सबका विकास, सबका विश्वास र सबका प्रयास”बाट प्रेरित छ र भारतको वसुधैव कुटुम्बकम दर्शनमा आधारित छ ।

भ्वाइस अफ ग्लोबल साउथ समिटमा सहभागी राष्ट्रहरुबाट आएका अमूल्य सुझावहरुलाई विश्वव्यापी रुपमै ध्यानाकर्षण गराउने तर्फ भारतले काम गर्नेछ ।

यस बाहेक जी–२० को अध्यक्षता सम्हालेको भारतले जी–२० प्रक्रियामा आबद्घ नभएका राष्ट्रहरुलाई जी–२० मार्फत उनीहरुका विचार र अपेक्षा साटासाट गर्न एक विशेष र बलियो अवसर प्रदान गरेको छ । यो जी–२० का सदस्यहरुसँग मात्र परामर्श नगरी ग्लोबल साउथका अन्य राष्ट्रहरुका आवाजलाई पनि उत्तिकै महत्व दिदै भारतको जी–२० अध्यक्षतालाई पूर्णता दिने प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइ अनुरुप रहेको बताइएको छ ।

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०७९ पुष २४, १३: ३८

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
  • २०७९ पुष २४, १३: ३८

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...

क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
  • २०७९ पुष २४, १३: ३८

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...