भारतीय राजदूत नवीन श्रीवास्तवले राष्ट्रपति भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र पेश – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

भारतीय राजदूत नवीन श्रीवास्तवले राष्ट्रपति भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र पेश

काठमाडौं । राष्ट्रपति भवन शितल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

ओहोदाको प्रमाणपत्र पेश गरेपश्चात राजदूत श्रीवास्तवले प्रधानमन्त्री शेर बहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरे । भेटमा भारतका राष्ट्रपति र प्रधानमन्त्रीले पठाएको शुभकामना सन्देश सुनाए ।

राजदूत श्रीवास्तवले प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमण र प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले दुई देशबीचको द्विपक्षीय सम्बन्धमा नयाँ गति प्रदान गरेको उल्लेख गरे ।

दुई देशबीचको मैत्री नेपालका लागि भारतका २६ औं राजदूत सम्बन्धलाई अघि बढाउने श्रीवास्तवले प्रतिबद्धता व्यक्त गरे । पूर्व राजदूत विनय मोहन क्वात्रा विदेश सचिवको कार्यभार सम्हाल्न २०२२ अप्रिलमा दिल्ली गएपछि श्रीवास्तव नयाँ राजदूतका रुपमा नियुक्त भएका हुन् ।

सम्बन्धित समाचार

रास्वपाको महाधिवेशन लम्बिएपछि प्रतिनिधिसभाको बैठक सर्‍यो
रास्वपाको महाधिवेशन लम्बिएपछि प्रतिनिधिसभाको बैठक सर्‍यो
  • २०७९ असार १७, ०८: १८

काठमाडौं : प्रतिनिधिसभाको यही असार ११ गते बिहीबारका लागि पूर्वनिर्धारित बैठक यही असार १२ गते शुक्रबारका लागि सरेको छ । संघीय...

बर्डफ्लु संक्रमण ११ जिल्लामा फैलियो
बर्डफ्लु संक्रमण ११ जिल्लामा फैलियो
  • २०७९ असार १७, ०८: १८

काठमाडौं : नेपालमा बर्डफ्लु (एच५एन१) संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी,...

सार्वजनिक स्थलमा अश्लील हर्कत गर्ने ४ जना पक्राउ
सार्वजनिक स्थलमा अश्लील हर्कत गर्ने ४ जना पक्राउ
  • २०७९ असार १७, ०८: १८

काठमाडौं : विराटनगर महानगरपालिका– १ मा रहेको परोपकार घाटमा मध्यरातमा अश्लील कार्य गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।...