
काठमाडौँ । भिजन लुम्बिनी ऊर्जा कम्पनीको प्राथमिक शेयर (आईपीओ) आज बाँडफाँट भएको छ ।
कुल २ लाख ७ हजार ५२५ जनाले कम्पनीको सेयर प्राप्त गरेका छन् । तीमध्ये ५ जनाले ११ कित्ता पाएका छन् भने अरु सबैले १० कित्ताका दरले पाएका छन् ।
कम्पनीको आईपीओमा ११ लाख ५६ हजार ९२७ आवेदक योग्य ठहरिएका थिए । तीमध्येबाट गोलाप्रथा गरी आईपीओ बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ । ९ लाख ४९ हजारको हात खाली भएको छ ।
कम्पनीले यसअघि सर्वसाधारणका लागि कात्तिक १६ देखि २० गतेसम्म कुल २० लाख ७५ हजार २८५ कित्ता आईपीओ खुलाएको थियो ।
काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से १४.४५...
काठमाडौं : स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला रु तीन हजार ६०० ले घटेको छ भने...
काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...