मतदाता नामावलीमा नाम दर्ता गराउने अवधि ५ दिन थप – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

मतदाता नामावलीमा नाम दर्ता गराउने अवधि ५ दिन थप


काठमाडौं : निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गराउने अवधि पाँच दिन थपेको छ। पहिले कात्तिक ३० सम्म रहेकोमा अब मंसिर ५ सम्म कायम हुनेछ।

प्रधानमन्त्री सुशीला कार्कीको आग्रह अनुसार अवधि थपिएको हो। उनले शुक्रबार नै मतदाता नामावलीमा नाम दर्ताको समय थप्नेबारे निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेकी थिइन्।

आयोगले कात्तिक २७ सम्म २ लाख ५७ हजार ५०५ नयाँ मतदाताले नाम दर्ता गराएको जनाएको छ।

पछिल्लो समय नाम दर्ता र अद्यावधिक कार्यमा देखिएको उत्साहजनक सहभागिताका कारण मंसिर ५ सम्म थपिएको आयोगले जारी गरेको विज्ञप्तिमा छ।

थपिएको अवधिमा नाम दर्ता गराउन राष्ट्रिय परिचयपत्र प्रयोग गरेर वा साविकमा प्रयोगमा रहेको प्रि-रजिस्ट्रेसन सिस्टममार्फत आवेदन गरी निर्वाचन कार्यालयमा बायो-मेट्रिक्स (फोटो तथा औंठाछाप) दिएर सेवा लिन सकिने आयोगले जनाएको छ।

सम्बन्धित समाचार

कुन महानगरपालिकाको बजेट कति ?
कुन महानगरपालिकाको बजेट कति ?
  • २०८२ कार्तिक २९, ०७: ५१

काठमाडौं : देशका ६ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेका छन्। ६ महानगरको कुल बजेट आगामी...

गैरकानुनी रूपमा बसेका २४ बंगलादेशी नागरिक पक्राउ
गैरकानुनी रूपमा बसेका २४ बंगलादेशी नागरिक पक्राउ
  • २०८२ कार्तिक २९, ०७: ५१

काठमाडौं : नेपाल प्रहरीले गैरकानुनी रुपमा नेपालमा बसेका २४ बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भुबाट खटिएको टोलीले...

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०८२ कार्तिक २९, ०७: ५१

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...