मनाइयो भारतीय सेना दिवस – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

मनाइयो भारतीय सेना दिवस

काठमाडौं : भारतको ७७ औं सेना दिवसको अवसरमा काठमाडौंस्थित भारतीय राजदूतावासले एक विशेष समारोहको आयोजना गरेको छ । समारोहमा नेपाली सेनाका प्रधानसेनापति अशोक राज सिग्देल प्रमुख अतिथिको रुपमा सहभागी थिए ।

समारोहलाई सम्बोधन गर्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत र नेपालबीचको ऐतिहासिक सम्बन्धको चर्चा गरेको भारतीय दूतावासले मंगलबार एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । उनले भारतीय सेनामा गोर्खा सैनिकहरुले पुर्‍याएको योगदानको उच्च प्रशंसा गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानसेनापति सिग्देलले भारतका सेनाध्यक्ष एवम् नेपाली सेनाका मानार्थ महारथी उपेंद्र द्विवेदीलाई तथा सम्पूर्ण भारतीय सेना भ्रातृत्वलाई भारतको ७७औं सेना दिवसको शुभकामना व्यक्त गरे । दुई देशका सेनाबीचको गहिरो सम्बन्धको चर्चा गर्दै उनले नेपाली सेनाको क्षमता विकासमा भारतीय सेनाले गरेको सहयोगको प्रशंसा गरे । भारतीय सेनाका वीरता पुरस्कार विजेता गोर्खा सैनिकलाई पनि प्रधानसेनापति सिग्देलले सम्मान गरे ।

कार्यक्रममा दुई देशका सेनाका उच्च अधिकारीहरु, कुटनैतिक व्यक्तित्वहरु, सरकारी अधिकारीहरु र पत्रकारहरुको उपस्थिति थियो ।

सम्बन्धित समाचार

क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
  • २०८१ माघ २२, २१: २५

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...

रास्वपाको महाधिवेशन लम्बिएपछि प्रतिनिधिसभाको बैठक सर्‍यो
रास्वपाको महाधिवेशन लम्बिएपछि प्रतिनिधिसभाको बैठक सर्‍यो
  • २०८१ माघ २२, २१: २५

काठमाडौं : प्रतिनिधिसभाको यही असार ११ गते बिहीबारका लागि पूर्वनिर्धारित बैठक यही असार १२ गते शुक्रबारका लागि सरेको छ । संघीय...

बर्डफ्लु संक्रमण ११ जिल्लामा फैलियो
बर्डफ्लु संक्रमण ११ जिल्लामा फैलियो
  • २०८१ माघ २२, २१: २५

काठमाडौं : नेपालमा बर्डफ्लु (एच५एन१) संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी,...