माग पूरा नभएसम्म आन्दोलन नछोड्न शिक्षकहरूलाई प्रचण्डको अपिल – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

माग पूरा नभएसम्म आन्दोलन नछोड्न शिक्षकहरूलाई प्रचण्डको अपिल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनलाई निरन्तरता दिन शिक्षकहरूलाई अपिल गरेका छन् ।मंगलबार नेकपा को ७७औँ स्थापना दिवस तथा १५६औँ लेनिन जयन्तीको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

शिक्षा सुधारको माग गर्दै विगत २१ दिनदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका शिक्षकहरूले पटकपटक वार्ता गरेर पनि असफल भएको भन्दै यो पटक धैर्यतापूर्वक आन्दोलन जारी राख्न अपिल गरेका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने शिक्षकमाथि देखिएको उदासीनता र अपमानजनक व्यवहारको विरोध गरे।  “लाखौँ शिक्षकहरू आन्दोलनमा छन्, तर सरकार गैरजिम्मेवार बनेको छ ।मैले प्रधानमन्त्री हुँदा गरिएको सहमति अनुसार विधेयक संसद्मा दर्ता भइसकेको छ, त्यसलाई अविलम्ब अघि बढाउन र शिक्षकका माग पुरा गर्न गम्भीर बनोस् सरकार जनभावनासँग खेलबाड  नगर्नुहोस न|

उनले एमालेकै नेतृ विद्या भट्टराईले पदबाट राजीनामा दिएको विषयले सरका गैरजिम्मेवार रहेको अर्को प्रमाण भएको पनि बताए । लाखौं शिक्षक सडकमा , हजारौं डाक्टर, हजारौं कर्मचारी सडकमा हुँदा यो सरकार मुखदर्शक भएर बसेको छ ।

शिक्षकहरूले गरेको माग नयाँ नभएको भन्दै सम्झौता अनुसार अघि बढ्न प्रधानमन्त्री केपी शर्मा ओली नकारात्मक भएको जिकिर गरे ।“सरकार पूर्ण रूपमा असफल भइसकेको छ। अब जनताको आवाजप्रति गम्भीर हुन ढिलो गर्नुहुन्न,” उनले भने।

उनले भने, ‘शिक्षक साथिहरूलाई धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिन पनि अपिल गर्न चाहन्छु । शिक्षकहरूको ढुक्क भएर लाग्नुहोस् । पटक पटक धोका भएको छ । अब अन्तिम लडाई लड्नुपर्छ |

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०८२ बैशाख ९, १५: २४

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
  • २०८२ बैशाख ९, १५: २४

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...

क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
  • २०८२ बैशाख ९, १५: २४

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...