
बुटवल । सशष्त्र प्रहरीले झण्डै एक हजार पेट्रोल बम फेला परेको दाबी गरेको छ । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा सो पेट्रोल बम र घरेलु हतियारहरु फेला परेको सशष्त्र प्रहरी जनाएको हो ।
सुकुम्बासीको नाममा टहरा बनाउने समूह र प्रहरीबीच आइतबार चारजनाको ज्यान जाने गरी प्रस्तावित मोतिपुर औद्योगिक क्षेत्रको जग्गामा झडप भएको थियो । घटनापछि चलाएको सर्च अभियानका क्रममा झण्डै एक हजार थान बियर र मदिराका बोतलमा पेट्रोल, सिसा र फलामका टुक्रा भरेको अवस्थामा फेला पारेको सशष्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी नं.२७ गणका अनुसार रानीगन्ज, मगरघाट पुल मुनिको बगर र हरिहरगन्जमा तयारी अवस्थामा राखिएका पेट्रोल बम, हसिया, भाटा लगायत घरेलु हतियारहरु फेला परेका थिए । प्रहरीमाथि आक्रमण गर्न निकै ठूलो र योजनावद्ध तयारी गरेको देखिन्छ ।
औधोगिक करिडोरको जग्गा कब्जा गरेर बसेकाहरुलाई हटाउने क्रममा अतिक्रमणकारी र प्रहरी बिच झडप भएको थियो । अतिक्रमणकारीहरुले प्रहरी माथि पेट्रोल बम प्रहार गरेका थिए । पेट्रोल बम लागेर प्रहरी उपरीक्षक राजेश उप्रेतीसहित प्रहरीहरु घाइते भएका थिए ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउंदा ४ जना सर्वसाधारणको ज्यान गएको थियो । सो झडपमा नेपाल प्रहरीका ३३ र सशस्त्र प्रहरीका २३ जना गरी ५६ जना सुरक्षाकर्मी घाइते भएका थिए जसमा १० जना गम्भीर घाइते छन् ।
सो झडपमा परी १८ जना सर्वसाधारण घाइते भएको प्रहरीले जनाएको छ । घटनाको निष्पक्ष छानवीन गर्न मानव अधिकार तथा शान्ति समाज लगायतका संस्था र प्रमुख विपक्षी दल एमालेले माग गरेका छन् ।
काठमाडौं : प्रतिनिधिसभाको यही असार ११ गते बिहीबारका लागि पूर्वनिर्धारित बैठक यही असार १२ गते शुक्रबारका लागि सरेको छ । संघीय...
काठमाडौं : नेपालमा बर्डफ्लु (एच५एन१) संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी,...
काठमाडौं : विराटनगर महानगरपालिका– १ मा रहेको परोपकार घाटमा मध्यरातमा अश्लील कार्य गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।...