मेटमणि चौधरीविरुद्ध जाहेरी – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

मेटमणि चौधरीविरुद्ध जाहेरी

दाङ : नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा संघीय सांसद मेटमणि चौधरीविरुद्ध चेक बाउन्स (अनादर) को जाहेरी परेको छ । चौधरी दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बुधबार हुलाकमार्फत चौधरीविरुद्ध चेक अनादरसम्बन्धी जाहेरी दर्ता भएको हो । कार्यालय प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाले चेक अनादरसम्बन्धी उजुरी प्राप्त भएको पुष्टि गरेका छन् ।

‘हुलाकमार्फत जाहेरी आएको हो, अहिले त्यसको अध्ययन र भेरिफिकेसन प्रक्रिया चलिरहेको छ,’ उनले भने।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका एक उच्च स्रोतका अनुसार चौधरीविरुद्ध एभेरेस्ट बैंकको नाममा ५ करोड ४० लाख रुपैयाँको चेक बाउन्स भएको आरोपमा उजुरी दर्ता गरिएको हो । उक्त जाहेरी रोल्पाका ठेकेदार धात बुढामगरले दिएका हुन् ।

प्रहरीले हुलाकमार्फत आएको उजुरीका आधारमा अब जाहेरी दिने व्यक्तिको सनाखत गर्नका लागि उनलाई कार्यालयमा बोलाउने प्रक्रिया अघि बढाएको जनाएको छ ।

सम्बन्धित समाचार

क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
  • २०८२ असार ५, १७: ०८

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...

रास्वपाको महाधिवेशन लम्बिएपछि प्रतिनिधिसभाको बैठक सर्‍यो
रास्वपाको महाधिवेशन लम्बिएपछि प्रतिनिधिसभाको बैठक सर्‍यो
  • २०८२ असार ५, १७: ०८

काठमाडौं : प्रतिनिधिसभाको यही असार ११ गते बिहीबारका लागि पूर्वनिर्धारित बैठक यही असार १२ गते शुक्रबारका लागि सरेको छ । संघीय...

बर्डफ्लु संक्रमण ११ जिल्लामा फैलियो
बर्डफ्लु संक्रमण ११ जिल्लामा फैलियो
  • २०८२ असार ५, १७: ०८

काठमाडौं : नेपालमा बर्डफ्लु (एच५एन१) संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी,...