
काठमाडौं। यस वर्षको सगरमाथा आरोहणका क्रममा अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ।
पर्यटन विभागले बिहीबार साँझ सार्वजनिक गरेको विवरणअनुसार नेपाली सहयोगी र विदेशी आरोहीहरूको विभिन्न कारणले मृत्यु भएको हो।
यस्तै, आरोहणका क्रममा तीन जना अझै हराइरहेका छन्। ज्यान गुमाएका र हराएका आठ जनामध्ये तीन जना नेपाली र पाँच जना विदेशी नागरिक रहेका पर्यटन विभागका निर्देशक राकेश गुरुङले जनाएका छन्।
यस वर्ष सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिएकामा अनुमति लिएका आरोही र उनीहरूका सहयोगीसमेत गरी ५७० जनाभन्दा धेरैले आरोहण गरिसकेका छन्।
वाँकी आरोही आरोहणको क्रममा र आरोहणको प्रतिक्षामा छन्।
काठमाडौं : प्रतिनिधिसभाको यही असार ११ गते बिहीबारका लागि पूर्वनिर्धारित बैठक यही असार १२ गते शुक्रबारका लागि सरेको छ । संघीय...
काठमाडौं : नेपालमा बर्डफ्लु (एच५एन१) संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी,...
काठमाडौं : विराटनगर महानगरपालिका– १ मा रहेको परोपकार घाटमा मध्यरातमा अश्लील कार्य गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।...