रामकुमारी झाँक्री, किसान श्रेष्ठसहितका नेता कार्यकर्ता एमालेमा फर्किए – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

रामकुमारी झाँक्री, किसान श्रेष्ठसहितका नेता कार्यकर्ता एमालेमा फर्किए

काठमाडौं : नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको एकताप्रति असन्तुष्ट नेताहरू रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायतका नेताहरू एमालेमा फर्किएका छन् ।

उनीहरूलाई सोमबार काठमाडौंको राष्ट्रियसभा गृहमा अध्यक्ष केपी शर्मा ओलीलगायत एमाले नेताहरूले स्वागत गरेका छन् । ओलीले पार्टीको झण्डासहित माला लगाएर स्वागत गर्दा झाँक्रीलगायत नेताहरूले सांकेतिक रुपमा कलम हस्तान्तरण गरेका छन् । कलम नेकपा एसको चुनाव चिह्न थियो ।

एमालेले उनीहरूसहित पार्टी छाडेर गएका पूर्वएमालेलाई घर फर्क अभियान चलाउने घोषणा गरेको छ । सो क्रममा केन्द्रीय सदस्यहरू गम्भीरलाल श्रेष्ठ, राजाराम स्याङ्तान, ध्रुव विष्ट, नवराज पौडेल, अर्जुन राई, अम्बिका राईलगायत नेताहरू पनि एमालेमा फर्किएका छन् ।

त्यस्तै, एमालेमा समाहित हुने अन्य पार्टी सदस्यहरू केदारप्रसाद गौतम, डा. सावित्रिदेवी न्यौपाने, उत्तमदेवी श्रेष्ठ, केशव सापकोटा, शत्रुजङ्ग बस्नेत, सोमित राई, मणि दाहाल, विशाल क्षेत्री, उपेन्द्र थापा, जीवन मगर, सन्जिव भण्डारी, नरबहादुर श्रेष्ठ, बुद्ध श्रेष्ठ, टेकबहादुर श्रेष्ठ, सोमबहादुर श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, होमनाथ श्रेष्ठ, सरु मिश्र उप्रेति, सन्तोष कुसवाह, तेजप्रसाद नेपाल, हरिप्रसाद नेपाल, दावा शेर्पा, शमशेर शाक्य, प्रविण घर्तीमगर लगायत छन् ।

सम्बन्धित समाचार

क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
  • २०८२ कार्तिक २४, १६: ३३

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...

रास्वपाको महाधिवेशन लम्बिएपछि प्रतिनिधिसभाको बैठक सर्‍यो
रास्वपाको महाधिवेशन लम्बिएपछि प्रतिनिधिसभाको बैठक सर्‍यो
  • २०८२ कार्तिक २४, १६: ३३

काठमाडौं : प्रतिनिधिसभाको यही असार ११ गते बिहीबारका लागि पूर्वनिर्धारित बैठक यही असार १२ गते शुक्रबारका लागि सरेको छ । संघीय...

बर्डफ्लु संक्रमण ११ जिल्लामा फैलियो
बर्डफ्लु संक्रमण ११ जिल्लामा फैलियो
  • २०८२ कार्तिक २४, १६: ३३

काठमाडौं : नेपालमा बर्डफ्लु (एच५एन१) संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी,...