राष्ट्रपति निर्वाचनको मतगणना सुरु, पाैडेलकाे अग्रता – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

राष्ट्रपति निर्वाचनको मतगणना सुरु, पाैडेलकाे अग्रता


काठमाडौँ । राष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको छ। नयाँ बानेश्वरसिस्थत संसद् भवनमा मतदान सकिएसँगै स्काईलाइट हलमा मतगणना सुरु भएको हो । बिहीबार बिहान १० देखि दिउँसो तीन बजेसम्म भएको राष्ट्रपति निर्वाचनमा कुल ८३१ मत खसेको थियो ।

मतदानमा कुल ८८४ जना मतदाता रहेकामा  राप्रपाका सांसद  ४२ जना र नेमकिपा ४ तटस्थ रहे । अनुपस्थित हुनेहरूमा फरार सूचीमा रहेका एमालेका लक्ष्मी महतो कोइरी । कांग्रेसका चन्द्र भण्डारी, माओवादीका बर्षमान पुन, जसपाका बिन्दु कुमारी यादव अाैषधी उपचारमा रहेकाे त्यसैगरी जसपाकै महिला सांसद शहनाज रहमान मृत्यु भएकाेले  ५१ मत खसेन ।

राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले) का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा रहेका छन् । पूर्व सभामुखसमेत रहेका पौडेल कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी रास्वपासहित दश दलकाे साथ रहेकाे छ । पूर्व सभामुख नेम्वाङलाई एमालेको साथ छ ।

राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता थिए । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेकाे छ ।

प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्यतर्फको मतगणना छुट्टाछुट्टै स्थानमा भइरहेको छ । उनीहरूको मतदान पनि छुट्टाछुट्टै स्थानमा गरिएको थियो ।

जसअनुसार पछिल्लाे मत गणाना अनुसार प्रदेश मतगणको परिणाम अनुसार पौडेलको २५०, नेम्वाङ १६२ र बदर ४ रहेकाे छ ।

 

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०७९ फाल्गुन २५, १६: ०७

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
  • २०७९ फाल्गुन २५, १६: ०७

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...

क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
  • २०७९ फाल्गुन २५, १६: ०७

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...