राष्ट्रियसभा निर्वाचनसम्म सत्ता गठबन्धन, पुनः सभापतिमा सहयोग आग्रह – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

राष्ट्रियसभा निर्वाचनसम्म सत्ता गठबन्धन, पुनः सभापतिमा सहयोग आग्रह

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको नयाँ भेरियन्ट ओमिक्राेनको जोखिम बढेकाले आसन्न १४औं महाधिवेशनमा काँग्रेसले शक्ति प्रदर्शनको रुपमा नलिने बताएका छन् ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीहरुसंगको छलफलमा देउवाले कोरोनाको नयाँ भेरियन्टको थप जोखिम बढेकाले जनतालाई अनावश्यक दुःख दिने गरि महाधिवेशनमा शक्ति प्रदर्शन नगरिने बताए ।

प्रधानमन्त्री देउवाले आगामी कार्यकालमा पुनः आफु सभापति भएर काग्रेसलाई थप लोकतान्त्रिक, मजबुत र जनपक्षीय बनाई अगाडी बढाउन चाहेकोले आसन्न १४औं महाधिवेशनमा सहयोग गर्न आग्रह गरे ।

त्यस्तै फरक प्रसंगमा देउवाले माघ १२ गते हुने राष्ट्रिय सभाको चुनावसम्म पाँच दलीय गठबन्धन कायम रहने र यस पछि के हुने भन्ने बारे छलफल नभएको बताए । यहि फाल्गुन २० गते राष्ट्रिय सभाका २० सदस्यको पदावधि सकिदैछ । २० सदस्यहरुमध्ये एक जना राष्ट्रपतिबाट मनोनित हुने व्यवस्था रहेको छ भने बाँकी १९ पदका लागि चुनाव हुनेछ ।

सम्बन्धित समाचार

गैरकानुनी रूपमा बसेका २४ बंगलादेशी नागरिक पक्राउ
गैरकानुनी रूपमा बसेका २४ बंगलादेशी नागरिक पक्राउ
  • २०७८ मंसिर २०, १३: ४५

काठमाडौं : नेपाल प्रहरीले गैरकानुनी रुपमा नेपालमा बसेका २४ बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भुबाट खटिएको टोलीले...

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०७८ मंसिर २०, १३: ४५

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
  • २०७८ मंसिर २०, १३: ४५

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...