रोनाल्डोको सकस – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

रोनाल्डोको सकस

काठमाडौं । क्रिष्टियानो रोनाल्डो अहिले नयाँ गन्तव्यको खोजीमा छन्। उनले म्यानचेस्टर युनाइटेड छाड्ने लक्ष्य त सिजनको सुरुवातदेखि नै लिएका थिए । समस्याका करण उनले युनाइटेड छाड्न सकेनन् ।

क्लब छाड्ने चर्चाकै बीच उनले युनाइटेडको ट्रेनिङमा सहभागी हुँदै युनाइटेडका लागि दुई खेल पनि खेलिसकेका छन् । तर दुवै खेलमा पराजित हुँदै रोनाल्डोको टिम प्रिमियर लिगको पुच्छरमा रहेको छ ।

क्लबको खराब प्रदर्शनका कारण रोनाल्डो अहिले फेरि पनि क्लब छाड्ने विषयमा सक्रिय भएका छन् । रोनाल्डो फेरी पनि च्याम्पियन्स लिग खेल्न चाहन्छन् । तर युनाइटेड च्याम्पियन्स लिगमा सयोगबस छनोट हुन सकेन् ।

रोनाल्डोको युनाइटेडसँग सन् २०२३ सम्मको सम्झौता छ । तर रोनाल्डो सम्झौता एक वर्ष बाँकी रहे पनि क्लब छाड्न चाहन्छन् । क्लब छाड्ने विषय बाहिर आएसँगै अहिले रोनाल्डोसँग स्पेनिस क्लब एथ्लेटिको मड्रिड, जर्मन क्लब बरुसिया डर्टमन्ट, पोर्चुगलको स्पोर्टिङ क्लब तथा अन्य क्लब उनलाई भित्र्याउन इच्छुक भएका छन् । पोष्टरहरुमा प्रदर्शन गरेका थिए ।

सिमोनीले रोनाल्डोको आफ्ना दर्शकसँगको सम्बन्ध राम्रो भएको अवस्थामा क्लबमा अनुबन्ध गर्न धेरै सहज हुने थियो । तर उनीहरुबीचको सम्बन्ध राम्रो नभएका कारण सिमोनी चाहेर पनि रोनाल्डोलाई अनुबन्ध गर्न सक्दैनन् ।

रोनाल्डोले सबैभन्दा धेरै गोल गरेको विपक्षी टिम पनि सेभिया र एथ्लेटिको मड्रिड नै हो । साथै रोनाल्डो प्रिमियर लिगमा सबैभन्दा धेरै कमाउने खेलाडी हुन् जसले गर्दा रोनाल्डोलाई जुनसुकै क्लबले अनुबन्ध गर्न सक्दैन । रोनाल्डो अझै पाँच वर्ष युरोपको शिर्ष क्लबमा रहेर च्याम्पियन्स लिग खेल्न चाहन्छन् ।

सम्बन्धित समाचार

रास्वपाको महाधिवेशन लम्बिएपछि प्रतिनिधिसभाको बैठक सर्‍यो
रास्वपाको महाधिवेशन लम्बिएपछि प्रतिनिधिसभाको बैठक सर्‍यो
  • २०७९ भाद्र ३, १४: ४८

काठमाडौं : प्रतिनिधिसभाको यही असार ११ गते बिहीबारका लागि पूर्वनिर्धारित बैठक यही असार १२ गते शुक्रबारका लागि सरेको छ । संघीय...

बर्डफ्लु संक्रमण ११ जिल्लामा फैलियो
बर्डफ्लु संक्रमण ११ जिल्लामा फैलियो
  • २०७९ भाद्र ३, १४: ४८

काठमाडौं : नेपालमा बर्डफ्लु (एच५एन१) संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी,...

सार्वजनिक स्थलमा अश्लील हर्कत गर्ने ४ जना पक्राउ
सार्वजनिक स्थलमा अश्लील हर्कत गर्ने ४ जना पक्राउ
  • २०७९ भाद्र ३, १४: ४८

काठमाडौं : विराटनगर महानगरपालिका– १ मा रहेको परोपकार घाटमा मध्यरातमा अश्लील कार्य गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।...