वामदेवको घरमा ओलीकाे रात्रीभोज, अर्का अध्यक्ष प्रचण्डलाई थाहै छैन – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

वामदेवको घरमा ओलीकाे रात्रीभोज, अर्का अध्यक्ष प्रचण्डलाई थाहै छैन

नया विकल्प,
काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार साँझ अचानक भैंसेपाटी रात्रीभोजको लागि पुगेका छन् । नेकपा उपाध्यक्ष बामदेव गौतमको निवास भैंसेपाटीमा आयोजना गरिएको भोजमा प्रधानमन्त्री ओलीसँगै महासचिव विष्णु पौडेल उपस्थित थिए ।

नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई बोलाईएको रात्रिभोजमा अर्का अध्यक्ष पुष्पकमल दाहाललाई भने बोलाइएको थिएन् ।

असार १० गतेदेखि शुरु भएको नेकपा स्थायी कमिटी बैठकमा झण्डै आधा सदस्यले बोलिसकेपछि असार १४ गते मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा आफूलाइृ प्रधानमन्त्रीबाट हटाउन भारत लागेको उसकै इसारमा आफनै मान्छे पनि लागेको आरोप लगाएका थिए ।

त्यसपछि असार १५ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता झलनाथ खनाल र माधवकुमार नेपालसहितका नेताले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट ओलीको राजिनामा माग्दै आएका थिए ।

झण्डै एक महिनाका बीचमा दुई अध्यक्षबीचका दर्जनौं अनौपचारिक वार्ताले पनि दुई अध्यक्षबीचको बिबाद समाधान नभएपछि मंगलबार बोलाईको स्थायी कमिटी बैठक पनि बिबादका बीच स्थागित भएको छ ।

ओलीको राजिनामा माग्ने मागबाट पछि नहटेका अर्का अध्यक्ष प्रचण्ड र माधव नेपाल समूहलाई ठेगान लगाउन ओलीले मंगलबारको बैठक पनि एकपक्षिय रुपमा स्थगित गरेपछि प्रचण्ड नेपाल पक्ष बालुवाटारमा बोलाईएको बैठकललाइृ भेला भन्न बाध्य भएका थिए ।

प्रधानमन्त्री तथा अध्यक्ष ओली अल्पमतमा परेपनि मंगलबारबाट ओलीबिरोधी खेमाका नेता तथा स्थायी कमिटी सदस्य बामदेव गौतमले सहमतिका ६ बुँदे प्रस्ताव अघि सार्दै प्रधानमन्त्री ओलीलाई पुरै पाँच वर्षे कार्यकालसम्म सरकार चलाउन दिने र महाधिवेशनबाट प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिने भनेका थिए ।

विहान ११ बजे बोलाइएको बैठकअघि प्रधानमन्त्री ओलीले अनौपचारिक छलफलमा बोलाइएका प्रचण्ड अनुपस्थित भएपछि ओलीले स्थागित गरेका थिए ।

११ बजे बोलाइएको स्थायी कमिटी बैठकमा प्रचण्ड साढे ११ बजे बालुवाटार पुगेका थिए । ओलीको अनुपस्थितिमा बैठक बस्न तयार भएका स्थायी कमिटीका नेताहरुबीच नै बहुसँख्यक स्थायी कमिटी सदस्यको उपस्थितिमा भएको छलफललाई भेला भन्ने कि बैठक भन्ने विषयमा बिबाद भएको थियो ।

दिउँसो प्रचण्ड र ओली नजिकै निवासमा रहेका ओलीलाई भेटेर फर्किएपछि बैठक नभनेर भेला भन्ने निष्कर्षमा पुगेको थिए ।

प्रचण्डसँग नजिक रहेका महासचिव विष्णु पौडेल र बामदेव गौतमसमेत यतिवेला ओलीको कित्तामा पुगेका छन् । ओलीलाई सरकारबाट हटाउने प्रचण्डको अभिव्यक्तिप्रति पूर्वमाओवादीका नेता समेत रहेको गृहमन्त्री रामबहादुर थापा बादल र लेखराज भट्ट मंगलबार बोलाइएको भनिएको बैठकमा गएनन ।

नेपाल पक्षका भनेर चिनिएका मन्त्री योगेश भट्टराई मंगलबार दिउँसोभरी मन्त्रालयमै बसेका थिए । गृहमन्त्री थापा पनि मन्त्रालयमै थिए ।

टोपबहादुर रायामाझी, मणी थापा र जनार्दन शर्माले पनि प्रचण्डको प्रस्तावप्रति असहमति जनाई सकेका छन् । माधव नेपाल पक्षधर र ओली बिरोधी खेमाको रुपमा चिनिएका भिम रावल पनि मंगलबारको बैठकमा ओलीको पक्षमा र प्रचण्डको विपक्षमा उभिएका थिए ।

यसरी आफूलाई संकटमा परेको बेला सहयोग गरेको भन्दै ओलीले मंगलबार गौतमको निवासमा आयोजित रात्रीभोजमा सहभागी भएका थिए । विगत चारमहिना यता प्रधानमन्त्रीको जिम्मेवारी प्रधानमन्त्री कार्यालय सिंहदरबार नगइ सरकारी निवास वालुटारबाटै बागडोर सम्हाल्दै आएका ओली मंगलबार भने भैंसेपाटी पुगेका हुन् ।

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०७७ श्रावण १३, २२: १८

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
  • २०७७ श्रावण १३, २२: १८

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...

क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
  • २०७७ श्रावण १३, २२: १८

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...