विद्यार्थी भर्ना विषयमा बिबाद हुँदा रौतहटको माधवनारायणमा झडप १९ घाइते – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

विद्यार्थी भर्ना विषयमा बिबाद हुँदा रौतहटको माधवनारायणमा झडप १९ घाइते

नयाँ विकल्प।

रौतहट – विद्यार्थी भर्नाको विषयलाइ लिएर विवाद हुँदा यहाँको माधवनारायण नगरपालिका –४ स्थित विसुनपूर्वाका स्थानीयले लाठी भाटा र बाँस लिएर जवर्जस्ती भर्ना गर्न दबाब दिँदा दुई पक्षबीच हानाहान हुँदा १९ जना घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय गरुडाका अनुसार स्थानीय श्री माध्यमिक विद्यालयमा विद्यार्थी भर्ना गर्ने विद्यालय पक्ष र भर्ना गराउन आएका अभिभावक दुई पक्षबीच विवाद हुँदा भएको झडपमा १९ जना घाइते भएका हुन्।

प्रहरीका अनुसार विद्यालय व्यवस्थापन समितिमा नयाँ समिति चयन गर्नुअघि विद्यार्थी भर्ना गर्न पुगेका अभिभावक रामकलेश्वर मुखिया र प्रधानाध्यपक राजेश राय यादवबीच विवाद भएको थियो । घाईते हुनेमा विद्यालयका शिक्षक तथा व्यवस्थापन समितिका सदस्य पक्षका ८ र अभिभावक पक्षका ११ जना छन्।

घाइतेमध्ये एक जनालाई काठमाडौं रिफर गरिएको छ भने दुई जनाको वीरगञ्जस्थित तराई हस्पिटलमा उपचार भइरहेको छ । विद्यालयको मैदानमा दुवै पक्षबीच एकले अर्कोमाथि अमानबिय तवरले एकोहोरो लाठी प्रहार गरिएको छ।

सम्बन्धित समाचार

कुन महानगरपालिकाको बजेट कति ?
कुन महानगरपालिकाको बजेट कति ?
  • २०७८ श्रावण १८, १७: २९

काठमाडौं : देशका ६ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेका छन्। ६ महानगरको कुल बजेट आगामी...

गैरकानुनी रूपमा बसेका २४ बंगलादेशी नागरिक पक्राउ
गैरकानुनी रूपमा बसेका २४ बंगलादेशी नागरिक पक्राउ
  • २०७८ श्रावण १८, १७: २९

काठमाडौं : नेपाल प्रहरीले गैरकानुनी रुपमा नेपालमा बसेका २४ बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भुबाट खटिएको टोलीले...

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०७८ श्रावण १८, १७: २९

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...