विपक्षी दलहरुले आज प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउने – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

विपक्षी दलहरुले आज प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपक्षी दलहरूले आज ज्ञापनपत्र बुझाउने भएका छन्।

विपक्षी दलहरुले बाढी पहिरोपछिको राहत उद्धार र पुनः निर्माणको काम प्रभावकारी रुपमा गर्न नसकेको भन्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागेका हुन्।

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीलगायतका दलहरूले ज्ञापनपत्र बुझाउने तयारी गरेका हुन्।

यस अघि शुक्रबार बिहान बसेको विपक्षी दलहरुको बैठकले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र ज्ञापनपत्र तयार गर्न माओवादी उपमहासचिव शक्ति बस्नेत, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र रास्वपा नेता शिशिर खनाल सम्मिलित कार्यदल बनाएको थियो।

विपक्षी दलहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएपछि राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउने बताएका छन्।

 

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०८१ कार्तिक ५, १३: ५४

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
  • २०८१ कार्तिक ५, १३: ५४

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...

क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
  • २०८१ कार्तिक ५, १३: ५४

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...